eNepal

योगी मधुसुदनको सबैलाइ स्वस्थ राख्ने अभियानका साथ अष्ट्रेलीयामा योग बिज्ञान शिविर सम्पन्न

योगी मधुसुदन भेटुवालको सवैलाइ स्वस्थ राख्ने अभियानको साथ हिजो शनिवार नेप्लिज नेवरहुड कमिनिटिको सहकार्यमा अष्ट्रेलियाको हस्कीसन रिक्रिएसन रिजर्भ पार्क, मेलबर्न्, लेलोरमा योग बिज्ञान शिविर सम्पन्न भयो। शिविर सामाजिक अभियन्ता योगभ्यासि रोशनी श्रेष्ठ र मिडियाकर्मी मनोज पौड्यालको बिशेष सहयोग र नेप्लिज नेवरहुड कमिनिटिकी संयोजक अमृता गुरुङको पहलमा सम्पन्न भएको थियो। अष्ट्रेलियामा स्थाइ बसोवास गर्दै आएका र अष्ट्रेलिया घुम्न आएकाहरुलाई लक्षित गरी आयोजना गरिएको योग शिविरमा युवा पुस्ता देखी बुवाआमाहरु सवैको उत्साहका साथ उल्लेख्य सहभागिता थियो।

 हिमालयन योगीले परिचित योगी मधुसुदनले योगको परिचयवाट शिविर सुरु गर्नु भएको थियो। योग प्रशिक्षणको क्रममा योगको बिभिन्न आयामहरु, स्वस्थ जिवनशैली , योगिक जीवनपद्दति , हात र खुट्टामा रहेका अक्कुप्रेसर  पेटमा दबाउँदा शरिरमा पर्ने प्रभाब, योग र भौतिक बिज्ञान ,योगको प्रत्यक्ष प्रभाव, योगद्वारा रोगको निदान आदि विषयका साथै योग भूमि नेपालको बरेमा पनि छल्फल भएकोे थियो। योगशिविर मानसिक र शररिक स्वस्थ रही भौतिक प्रगति र आध्यात्मिक उन्नती कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको थियो।।

शिविरमा सहभागीहरु उत्साहका साथ  योगअभ्यासमा मस्त रहेका थिए। सहभागीहरुले योग अभ्यास पछि सकारात्मक प्रतिक्रिया दिदै अर्को योग शिविरको लागी आतुर रहेको पनि बताए। सामाजिक अभियन्ता योगाभ्यासि रोशनी श्रेष्ठले योगअभ्यास्ले व्यक्तिमा मानसिक , शाारिरिक , सामिजिक, साँस्कृतिक आर्थिक विकास र आध्यत्मिक उन्नती गर्ने बताऊनु भयो। एक ब्यक्तिले योग अभ्यास गर्दा घर, समाज, राष्ट्र र सम्पुर्ण ब्राह्मणलाइनै फाइदा  पुराउने बातउनु हुन्छ श्रेष्ठ । त्यस्तै  मिडियाकर्मी मनोज पौड्यालले  विदेशमा रहेका नेपाली समुदायलाइ लक्षित गरी आयोजना गरिने योग शिविरले मानिसमा स्वस्थ शरिर ,स्वस्थ मनको सथै नेपालि समुदाय बीचको सम्बन्धलाइ पनि स्वस्थ बनाउने बताउनु भयो।। नेप्लिज नेवरहुड कम्युनिटी की उपाअध्यक्ष अमृता गुरुङले मानसिक र शारीरिक स्वस्थ को लागी योग शिविर अति नै उपयोगी रहेको, उपस्थित सम्पूर्णले लाभ उठाएको  र आगामी दिनहरुमा पनि योगका शिविरहरु आयोजनाको लागी पहल गर्ने बताउनु भयो।उक्त शिवीरलाई सफल बनाउन नेप्लिज नेवरहुड कम्युनिटीका सचिव राजन हुमागाँईले सहयोग गर्नु भएको थियो।

   

योगी मधुसुदन भन्नु हुन्छ,योग व्याख्या विवेचना गर्ने विषय नभई नितान्त यो अभ्यास द्वारा अनुभवको बिषय हो। मानिसको जन्म सिद्ध अधिकार स्वस्थ रहनु हो। अहिले बद्लिदो जीवनशैली तथा खानपानका कारण मानिसहरूलाई स्वस्थ रहन पनि योग आवश्यक छ’, उहाँ भन्नुहुन्छ ‘जब मानिस व्यक्तिगत, शारीरिक, मानसिक, सामाजिक रूपमा स्वस्थ्य हुन्छ, त्यसपछि मात्र उसलाई अन्य कुराको चेत आउँछ ।’

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal