सन्दिप लामिछाने बिगबास लिग (बिबिएल) खेल्न अस्ट्रेलियाको मेलवर्न पुगेका छन्।
गत वर्ष बिग बासमा निकै उत्कृष्ट प्रदर्शन गरेका लेग स्पिनर सन्दिपले दोस्रो पटक मेलबर्न स्टार्सबाट खेल्ने मौका पाएका हुन्। बिगबासमा अघिल्लो सिजनमाझैँ मेलबर्न स्टार्सबाट अनुवन्धन भएका सन्दिपको टोलीले शुक्रबार ब्रिजबेन हिटसँग पहिलो खेल खेल्ने छ।
पछिल्ला दुई वर्षमा थुप्रै अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी भइ अनुभव बटुल्न सफल सन्दिपले यो सिजनमा उत्कृष्ट प्रर्दशन गर्ने बिश्वास लिइएको छ। आँखाको अप्रेशनपछि आफू अभ्यासमा सरिक भएको र खेल्न सक्ने अवस्थामा रहेको उनले बताएका छन्।
यसपटक मेलवर्न स्टार्समा एडरिन जाम्पासँगै सन्दिप लामिछानेको स्पीन बलिङलाई प्राथमिकताभित्र राखिएको छ।

