मेल्बोर्नको ईस्टर्न वेरियर्सले गएको १५ डिसेम्बरका दिन चौथो ईस्टर्न वेरियर्स गल्फ टुर्नामेन्ट सम्पन्न गरेको छ। मोरेक गल्फ कोर्स भर्माउन्ट साउथमा भएको सो प्रतियोगितामा १८ गल्फ प्रेमी नेपाली खेलाडीहरुले सहभागीता जनाएका थिए भने प्रवेश शुल्क $७० राखिएको थियो।
ह्याण्डीक्याप समुहबाट $१०० गल्फ भौचर सहित बिनोद लामाले पहिलो स्थान ओगटे सफल भए भने बम योन्जनले दोश्रो स्थान अनि किशोर राईले तेश्रो स्थान ओगट्न सफल भए।

नोभाईस समुह तिर $५० भौचर सहित नैना तामाङ पहिलो र प्रवेश केसीले दोश्रो स्थान हाँसील गर्न सफल भए।
भरत कार्की लङ्गेस्ट ड्राईभ, जोग लिम्बु निएरिस्ट टु पीन र हार्डेस्ट गल्फर पेमा योण्जनले हात पार्न सफल भए।
पुरस्कार वितरण कार्यक्रममा नेपालको तर्फबाट भिक्टोरियाका अबैतानिक राजदुत चन्द्र योन्जन, एनआरएनएका भुतपुर्व अध्यक्ष एवम् सफल उधमी शेष घले, रोयल वेस्टन क्लवका अध्यक्ष बम योन्जन, तामाङ सोसाईटी भिक्टोरीयाका अध्यक्ष पेमा बम्जनको उपस्थिती रहेको थियो।

