eNepal

दिदी बहिनी समाज भिक्टोरीयाको तेश्रो साधारण सभा सम्पन्न, जमुना पराजुली पुन: अध्यक्ष

अस्ट्रेलियाको मेलबोर्नमा नेपाली समुदाय बीच चिरपरिचित संस्था दिदीबहिनी समाज भिक्टोरियाले आफ्नो तेश्रो साधारण सभा सम्पन्न गरेको छ । ग्लेनरोय स्थित युनाइटिङ्ग चर्चमा सम्पन्न उक्त सभाबाट दुई बर्ष (२०१९-२०२१) कार्यकालका लागि सर्बसम्मत रुपमा जमुना पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

साधारण सभामा समाजले दुइ बर्षमा गरेका प्रगति विवरण प्रस्तुत गर्दै संस्थाका निबर्तमान अध्यक्ष जमुना पराजुलीले संस्थाले अहिले सम्म गर्दै आएका बिभिन्न कार्यक्रमहरुको फेहरिस्त प्रस्तुत र संस्थाका निबर्तमान कोषाध्यक्ष बेञ्जु ज्ञवालीले आर्थिक विवरण पेश गर्नु भएको थियो । सभाले दुवै विवरणहरु तथा बिधानमा केहि संशोधन समेत गरि सर्बसम्मतीबाट पास गरेको थियो ।

जमुना पराजुलीको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिमा उपाध्यक्ष प्रभा श्रेष्ठ, सचिव शोभा लम्साल, सह-सचिब स्मृति घिमिरे, कोषाध्यक्ष बेञ्जु ज्ञवाली, सह-कोषाध्यक्ष कमला चालिसे कार्य समिति सदस्यहरुमा रुची गौतम, अन्जु अधिकारी, लिना गुभाजु, झरना भट्टराई, अन्जना नेपाल, संजना श्रेष्ठ, निर्मला न्यौपाने, गीता छेत्री, बर्षा केसी राजभण्डारी रहनु भएको छ ।

 

त्यसैगरी संस्थाको सल्लाहकारमा रोशन भण्डारी, डा कोलिन रोल्स, लक्ष्मी योन्जन, डा एन म्यारी डिगिन्स र टिना लिंन्डन रहनु भएको छ । संस्थाले क्रेगिबर्न र डयानेडंग क्षेत्रबाट एक एक जना सदस्यहरु अब बस्ने नयाँ कार्यसमितिको बैठकबाट थप गरिने जानकारी वर्तमान उपाध्यक्ष प्रभा श्रेष्ठ ज्युले बताउनु भएको थियो ।

भिक्टोरियामा नेपाली समुदायहरु बीच निकै राम्रो छाप पार्न सफल संस्थाले अहिले सम्म Be the best women , Library Partnership , Music with Catherine , International Women ‘s Day , Breast Screening , Family Violence Prevention , Teej Festival , Family Picnic जस्ता बिभिन्न कार्यक्रमहरु सफल रुपमा संचालन गरिसकेको छ ।

 सन् २०१२ मा स्थापना भएको उक्त संस्था छोटो समयमै मेलबोर्नमा एउटा प्रतिष्ठित संथाको रुपमा आफुलाई उभ्याउन सफल भईसकेको छ र आगामी दिनहरुमा बिदेशी संस्थाहरुबाट समेत संयुक्त रुपमा कार्यक्रमहरु संचालन गर्ने प्रस्ताबहरु पनि प्राप्त गरिसकेको छ । समाजले बिभिन्न च्यारिटी कार्यक्रमहरुबाट संकलित रकमहरु नेपालमा हिँसा पिडित महिला तथा बालबालिकाहरुको सहयोगका लागि पठाउने गर्दै आएको छ ।

दिदीबहिनी समाज भिक्टोरियाको साधारण सभाबाट सर्बसम्मत चयन हुनु भएका अध्यक्ष जमुना पराजुलीले आगामी दिनहरुमा संस्थाले महिलाहरुका लागि अझै धेरै कार्यक्रमहरु संचालन गर्ने र मेलबोर्नमा अबस्थित सम्पूर्ण नेपाली समुदायहरु बाट प्राप्त माया, सदभाब, सहयोग तथा समर्थनका लागि समाजका तर्फबाट आभार व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष पराजुलीले आगामी दिनमा संस्थाले सबैको सल्लाह सुझाबहरुलाई संकलन गर्दै मिलेर अघि बढ्ने बताउनु हुदै नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा शुकामना व्यक्त गर्नुभएको थियो ।

सामाचार श्रोत: शुसील चालिसे मेल्बोर्न

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal