eNepal

मधेसी समुदाय भिक्टोरीयाको साधारण सभा सम्पन्न, डा.सुरेन्द्र रौनियारको अध्यक्षता नयाँ कार्यसमिति चयन

अस्ट्रेलीयाको मेल्बोर्नमा रहेको मधेसी समुदाय भिक्टोरीयाको साधारण सभा सम्पन्न   भएको छ। न्युल्याण्ड सिनीयर सिटीजन सेन्टर कोवर्गमा सम्पन्न उक्त सभाबाट दुई बर्ष (२०१९-२०२१) कार्यकालका लागि सर्बसम्मत रुपमा डा. सुरेन्द्र रौनियारको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

सभामा समुदायका अध्यक्ष डा. सुरेन्द्र रौनियारले दुई बर्षको प्रगती विवरण पेश गर्नु भएको थियो भने सचिव सन्तोष कर्णले कार्यक्रम विवरण पेश गर्नु भएको थियो।

त्यस्तै कोषाध्यक्ष प्रमोद पटेलले २०१७-२०१९ आर्थिक विवरणका पेश गर्नु भएको थियो। उक्त सभाले कार्य विवरणहरु सर्बसम्मतीबाट पास गरेको थियो ।डा. सुरेन्द्र रौनियारको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिमा उपाध्यक्ष गोपाल कुमार शाह, सचिव सन्तोष कर्ण, कोषाध्यक्ष प्रमोद पटेल अनि समिति सदस्यहरुमा डा. जय चन्द्र  झा, रिना देव, सन्जिव कानु, नविन नायक, पंकज सरदार, प्रकाश कर्ण, रजनिस शाह, धिरेन्द्र कुमार यादव रहनु भएको छ ।

त्यसैगरि मिडीया र आईटी कोअडिनेरमा हरि राम (प्रमोद) सोनी, मधेसी महिला कोअडिनेटरमा जयन्ती गुप्ता शाह, मधेसी बिधार्थी कोअडीनेटरमा चन्दन कुमार शाह चयन हुनु भएको छ।

त्यसैगरी संस्थाको सल्लाहकारमा पवन शाह, डा. पंकज देव र राजिव महतो रहेको जानकारी वर्तमान अध्यक्ष डा. सुरेन्द्र रौनियारले बताउनु भएको थियो ।

मधेशी कम्यूनिटि इन भिक्टोरीयाले विगत सात वर्षदेखि निरन्तर रुपमा मेल्बोर्नमा छठ पर्व र होली हर्षोल्लासका मनाउँदै आएको छ। साथसाथै अस्ट्रेलीयामा होस् या नेपालमा आपतबिपत परेको बेला आर्थीक सहयोग पनि जुटाउँदै आएको छ। यस सभाको कोअडिनेर पंकज देवले गर्नु भएको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal