नेपाल एक भुपरिवेष्ठित राष्ट्र हो तर नेपालीहरु अस्ट्रेलिया आउने क्रम तिव्र गतिमा अगाडि बढेको छ । यो समय अस्ट्रेलियामा गर्मी समय हो र मानिसहरु यो गर्मी छल्नका निम्ति सामुन्द्रीक तटमा जाने गर्छन् ।
सचेतनाको कमि अनि कम ज्ञानले गर्दा वर्षेनी कयौं नेपालीहरुको समुन्द्रमा परि ज्यान गएको तथ्य हामीमाझ छ नै । यहि कुरालाई जरै देखि निराकरण गर्ने उद्देश्यका साथ “नेप्लिज इन एडिलेड” ले यस वर्ष ” फ्री- विच सेफ्टी अवेरनेस कार्यक्रम “( Free Beach Safety Awareness Programme) गर्ने कुराको जानकारी संस्थाका अध्यक्ष श्री प्रकाश गैरेले जानकारी गराउनु भयो ।
कार्यक्रम यसै जनवरी ०८ तारिकका दिन ग्लेनेल विचमा दिउसो ०३:३० देखि सुरु हुनेछ । कार्यक्रम नेप्लिज इन एडिलेडको तर्फबाट सानो सचेतना भिडियोबाट सुरु भएर Beach Surf club, Glenleng का स्वयंसेवक द्वारा विभिन्न सचेतना तथा ज्ञान गुनका कुराहरु हुने आयोजकले बताएको छ ।
सम्पुर्ण विद्यार्थीहरु आएर यस कार्यक्रमको फाइदा लिनुहुनका लागि हामी आह्वान गर्दछौं ।

