eNepal

बिएमडबलु कप टि ट्वान्टी क्रिकेट टुर्नामेन्ट शुरु, पहिलो दिन चार म्याच स्पन्न (तस्बिर सहित)

अस्ट्रेलीयाको मेल्बोर्नमा हिजो ८ डिसेम्बरबाट बिएमडबलु कप टि ट्वान्टी क्रिकेट टुर्नामेन्ट शुरु भएको छ। रोयल राईनोज क्रिकेट क्लबको आयोजनामा बिएमडव्लु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा भएको पहिलो दिनको खेलहरुमा ८ टिमको सहभागीता रहेको थियो।

प्रतियोगिताको पहिलो खेलमा नारे किङ्स क्रिकेट क्लवले ब्रिलेन्ट क्रिकेट क्लवलाई ५९ रनले पराजित गरेको थियो ।

यस्तै दोस्रो खेलमा गोर्खाली क्रिकेट क्लबले हिमालयन क्रिकेट क्लबलाई २५ रनले पराजित गर्यो भने हिम अस् क्रिकेट क्लवलाई सगरमाथा क्रिकेट क्लबले ८२ रनले पराजित गर्न सफल भएको थियो ।

यस्तै एक्सपर्ट क्रिकेट क्लबमाथि रोयल राइनोज क्रिकेट क्लबले १० विकेटले जित बाजी मारेको थियो ।

म्यान अफ द म्याच नारे किङ्गसका किरण कन्डेल, गोर्खाली क्रिकेट क्लवका सुनील खनाल, रोयल राईनोज क्रिकेट क्लवका मोहन पुन र सगरमाथा क्रिकेट क्लवका अविनाश पौडेल भएका थिए। 

प्रतियोगितामा नेपाली समुदायको कुल ८ टिमको सहभागिता रहेको छ ।

 

 

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal