अस्ट्रेलियाको भिक्टोरिया राज्यमा छरिएर रहेका नेपाली कलाकार, साहित्यकारहरुको भेलाले सर्बसम्मतबाट अन्तरास्ट्रीय नेपाली कलाकार समाज (इनास) को इनास भिक्टोरिया राज्य समितिको गठन भएको छ । इनासका ओसेनिया को-ओर्डीनेटर, साहित्यकार तथा पत्रकार सुशील चालिसेको सक्रियतामा सम्पन्न उक्त भेलामा भिक्टोरियाका बिभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवीहरु, संचारकर्मी, सुभचिन्तक लगायत कलाकारितालाई माया गर्ने बिभिन्न विधाका कलाकारहरुको उपस्थिति रहेको थियो ।
डिसेम्बर ०८ तारिख आइतबारका दिन बिग बेल्ली कोबर्ग रेस्टुरेन्टमा सम्पन्न भेलाबाट २०१९-२०२१ कार्यकालका लागि सर्बसम्मंत हुदै गठन भएको समितिमा अध्यक्ष: गौतम लामिछाने, उपाध्यक्ष: पार्बती पहारी, बिराज थापा, सचिव: उज्ज्वल अधिकारी, कोषाध्यक्ष: अनु पाण्डे, प्रबक्ता: मनोज पौडेल, सदस्यहरुमा अरुण चित्रकार, सुमन गुरुङ, लक्ष्मण सन्ज्याल, इश्वरी पौडेल र कुमार महर्जन रहेका छन । ओसेनिया को-ओर्डीनेटर सुशील चालिसे संरक्षक रहनु भएको उक्त कमिटीको अब बस्ने पहिलो बैठकले आबस्यकता अनुसार संरक्षक तथा सल्लाहकारहरुको चयन गर्ने जानकारी कमिटीका अध्यक्ष गौतम लामिछानेले बताउनु भएको थियो ।
उक्त कार्यक्रममा नबगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई इनासका ओसेनिया को-ओर्डीनेटर सुशील चालिसेले सपथ ग्रहण गराउनु भएको थियो साथै सम्पूर्ण कार्य समितिका पधाधिकारीहरुलाई बधाई तथा कार्यकालको सफलताको सुभकामना सहित प्रमाणपत्र वितरण गर्दै बिधिबत रुपमा ईनास भिक्टोरियाको कार्यभारको जिम्मेवारी सुम्पिएको थियो ।
बिश्वभर छरिएर रहेका नेपाली कलाकर्मी तथा साहित्यकर्मी र नेपाली कला, साहित्य र संस्कृतिलाई माया गर्ने गैर नेपाली कलाकारकर्मी तथा साहित्यकर्मीहरुलाई संस्थागत रूपमा एकत्रित गरी नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र सम्बर्द्धन तथा नेपाली कलाकारहरूको हितका लागि कार्य गर्ने ( International Nepalese Artist Society, INAS ) अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको मुख्य उदेश्यलाई आत्मसाथ गर्दै अगाडी बढ्ने बचन बद्दता मनोनित कार्यसमिति सदस्यहरुबाट व्यक्त भएका थिए ।
उक्त भेलालाइ भिडियो मेसेजबाट इनास अष्ट्रेलियाका नेसनल प्रेसिडेन्ट बिकास शर्मा पोख्रेल तथा इनास ग्लोबल कमिटीका सिनियर उपाध्यक्ष राम चन्द्र थापा ज्युबाट स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो ।

