eNepal

अस्ट्रेलियाको सिड्नीमा नेपाली दम्पतीको झगडा, श्रीमानको मृत्यु (पुर्ण बिवरण)

पछिल्लो समय अस्ट्रेलियामा नेपालीहरूको सङ्ख्या बढेसँगै घटनाहरू पनि बढ्दै गएका छन् । अस्ट्रेलियाको सिड्नीको ग्रानभिलमा शनिवार राती नेपाली दम्पत्तीको घर झगडामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती पक्राउ परेकी छिन् । प्रहरीले घटनास्थलबाट घाइते अवस्थामा एक युवकलाई अस्पताल लगेको थियो भने निज युवककी श्रीमती पनि घाइते अवस्थामा नै थिइन् ।

दुबै जना लाई घटनास्थलमा सामान्य उपचारपछि अस्पताल लगिएको थियो । अस्पतालमा युवकलाई मृत घोषित गरियो ।   सामान्य घा’इते ३४ वर्षे युवतीलाई उपचारपछि ग्रान्भिल प्रहरी चौकी लगिएको छ । प्रहरीले यो घटनालाई घरेलु हिसाको कोणबाट अनुसन्धान गरिरहेको छ । मृतक युवा नेपालीमुलको रहेको गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टि गरेका छन् । बुटवल स्थायी घर भएका मृतक युवकले ग्रान्भिलमै मोटर ग्यारेज सञ्चालन गर्दै आएका थिए ।

युवक मिलनसार र सहयोगी रहेको उनलाई नजिकबाट चिन्नेहरूले बताएका छन् । पिआरका लागि अन्तिम तयारी गरिरहेका यी दम्पती, किन यस्तो अवस्थामा पुगे भन्ने प्रश्न उब्जिएको छ । पछिल्लो समय अस्ट्रेलियाको नेपाली समाजमा घरेलु हिंसा प्रमुख समस्या बनिरहेको छ। काम र पढाई को तनाव र कम उमेरमै विवाह गरेर अस्ट्रेलिया आउँदा घरेलु हिंसाले प्रशय पाएको छ।

एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्ति अनुसार उनको ३४ वर्षीय श्रीमतीलाई आज पारामाटा अदालतमा पेस गरिने तयारी छ । यसअघि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको थियो । गौतम दम्पत्तिको एक छोरी पनी छिन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal