eNepal

अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले बुझाए ओहोदाको प्रमाणपत्र

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले आफ्नो ओहोदाको प्रमाणपत्र अस्ट्रेलियाको गभर्नर जनरल डेभिड हर्लेसमक्ष बुझाएका छन् । यसका लागि क्यानबेरामा रहेको गभर्नर जनरलको कार्यालय ‘गभर्नमेन्ट हाउस’मा विशेष कार्यक्रम राखिएको थियो ।

ओहोदाको प्रमाणपत्र बुझाउँदै राजदूत दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले गभर्नर जनरललाई पठाएको अभिवादन सुनाएका थिए । प्रमाणपत्र बुझाएपछि गभर्नर जनरल हर्लेसँग राजदूत दाहालले केही समय भेटवार्ता समेत गरेको अस्ट्रेलियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

सो क्रममा दाहालले दुई देशबीचको सम्बन्ध सन् १९६० मा स्थापना भएयता सुमधुर रहँदै आएको बताए । उनले सन् २०२० मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठ मनाउने तयारीमा दुवै देश रहेको बताएका थिए । सो क्रममा राजदूत दाहालले दुई देशबीच व्यापार, पर्यटन र विशेषतः कृषि र ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

गभर्नर जनरल हर्लेले नवनियुक्त राजदूतलाई आफ्नो देशमा स्वागत गरेको बताएका थिए । उनले राजदूत दाहालको सफल कार्यकालको शुभकामना दिएको दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal