eNepal

दिदीबहिनी समाज भिक्टोरिया मेल्टोर्न युनीटद्वारा “Live Well With Fun” कार्यक्रम सम्पन्न

गएको हप्ता दिदी बहिनी समाज भिक्टोरिया अन्तर्गत  मेल्टोर्न युनीटले “Live Well With Fun” नामक कार्यक्रमको आयोजना गरेको थियो। सो कार्यक्रममा लैङ्गिक समानता र महिला सशक्तिकरण सम्बन्धित जानकारी गराईएको थियो। करिब पचपन्न जनाको सहभागीता रहेको उक्त कार्यक्रममा घरेलु हिंसा सम्बन्धी बनाएको सर्ट मुभी “अब म बोल्छु” प्रदर्शन गरिएको थियो। 

प्रमूख अतिथीका रुपमा सिड्नम डिस्ट्रीक्टका एमपी नेटली हड्चनको उपस्थिती रहेको सो कार्यक्रमको संयोजक भने दिदी बहिनी समाज भिक्टोरीयाको एक्जुकेटीभ टिम मेम्बर अनि दिदी बहिनी समाज मेल्टोन युनीटको कोअडीनेटर बर्षा केसी राज भण्डारीले गर्नु भएको थियो।उक्त कार्यक्रममा अस्ट्रेलीयामा देखिएको ईमर्जेन्सी एकोमोडेसन क्राईसेसको कमी रहेको र अस्ट्रेलीयन सरकारसँग मिलेर दिदी बहिनी समाजले के कस्तो काम गर्न सकिन्छ भनेर प्रश्न गर्नु भएको थियो। त्यस्तै साजन केन एनडर्सन डोमेस्टीक भोईलेन्स लिएजन अफीसर एबम् मेल्टोन पुलीस अफिसरले यस बर्ष मात्रै घरेलु हिंसाबाट ७६००० शिकार भएको जानकारी गराउनु भएको थियो। गएको बर्ष मात्रै क्यारोलीन स्प्रिङमा मात्रै ४६वटा मुद्धा आएको थियो।

उक्त कार्यक्रममा आफै घरेलु हिंसाबाट पिडीत मिस ईवना ईसिग्लोले आफु दुई रिलेसनमा भएर पनि दुबैबाट पिडीत भएको र आफुले यसबाट मुक्त पाउन के कस्तो कदम उठाउन पर्यो, रेस्क्यु प्रोसेसमा जाँदा देखि पुलीस अनि कोर्ट सम्मको यात्राबारे जानकारी गराउनु भएको थियो। 

उक्त कार्यक्रममा नेपाली, भारतीय र ईटलियन, टर्किस,, ईराकी, अस्ट्रेलीयन इस्पेनिस् समुदायले सहभागीता जनाएका थिए।

त्यस्तै गरेर दिदी बहिनी समाज भिक्टोरीयाकी प्रेसीडेन्ट जमुना पराजुलीले “Live Well With Fun” प्रोजेक्ट अनि दिदी बहिनी समाज भिक्टोरीयाले गरीसकेका, गर्दै गरेका अनि आगामी दिनमा हुँन लागेका कार्यक्रमहरुको बारे प्रकास पार्नु भएको थियो। 

Live Well With Fun” प्रोजेक्ट अन्तर्गत सोर्ह हप्ते जुम्बा कक्षा साथै एकदिन तनाब व्यबस्थापनको कक्षा संचालन गर्ने अनि बहुसाँस्कृतीक र बहुभाषीक समुदायलाई समेत सो कार्यक्रममा समेटेर लैजाने सो कार्यक्रममा जानकारी गराईएको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal