eNepal

रिचा स्मृति क्रिकेट प्रतियोगिताको दोश्रो चरणको म्याचहरु आज हुँदै

सगरमाथा क्रिकेट क्लब, मेलबर्नको आयोजनामा गएको आइतबारदेखि सुरु भएको रिचा स्मृति क्रिकेट प्रतियोगिताको दोश्रो चरणको म्याचहरु आज हुँदैछ। I.W Dole Reserve, र J.C Donath, Reservior मा भई रहेको सो प्रतीयोगीतामा आज बिहान नौ बजे रोयल राईनोज र द हिमालयन  I.W Dole Reserve मा भिड्दैछन् भने गोर्खाली क्रिकेट क्लव र नारे किङ्ग J.C Donath, Reservior मा भिड्दैछन्। त्यस्तै सगरमाथा ब्रिलीयन्ट र एक्स्पर्ट क्रिकेट क्लब बिचको खेल J.C Donath मा दिउँसो एक बजे हुँदैछ भने रोयल राईनोज बी र सगरमाथा ‘ए’ बिचको खेल I.W Dole Reserve मा हुने भएको छ। 

यस अघि गएको आईतबार भएको खेलमा सगरमाथा ब्रिलियन्टले द हिमालयन क्लबलाई ४ विकेटले पराजित गर्यो । पहिलो ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभरमा अलआउट हुनुअघि १ सय १६ रन जोडेको थियो । जवाफमा ब्रिलियन्टले ६ विकेट गुमाउँदै १९ औं ओभरमा लक्ष्य पूरा गर्यो । खेलका म्यान अफ द म्याच बनेका ब्रिलियन्टका भुषण श्रेष्ठले ३ विकेट लिनुका साथै नटआउट ३० रन जोडे ।

सगरमाथाको अर्को टोली सगरमाथा ‘ए’ ले गोर्खाली क्रिकेट क्लबलाई ८१ रनले हरायो । पहिलो ब्याटिङ गर्ने क्रममा सगरमाथा ‘ए’ ले म्यान अफ द म्याच बनेला दिपेन रायमाझीको ७५ रनको सहयोगमा २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन जोड्यो । जवाफमा गोर्खालीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय रनमात्र बनाउन सक्यो ।

रोयल राइनोज क्रिकेट क्लब ‘ए’ ले एक्स्पर्ट क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्यो । रोयलका लागि ३ विकेट लिएका युत्सब पोखरेल खेलका म्यान अफ द म्याच भए । त्यस्तै अर्को खेलमा नार्रेले रोयल राइनोज क्रिकेट क्लब ‘बी’ लाई पराजित गरेको थियो । खेलमा ४३ रन जोडेका किरण कडेल म्यान अफ द म्याच भए ।

रिचा मेमोरीयल क्रिकेट टुर्नामेन्ट रिचा श्रेष्ठ जसको केही महिना अगाडी क्यान्सर रोगबाट मृत्यु भएको थियो उनैको सम्झनामा आयोजना गरिएको प्रतियोगीता हो। रिचा श्रेष्ठ सगरमाथा क्रिकेट क्लवका प्रथम प्रेसीडेन्ट बिवेक श्रेष्ठका श्रीमती हुनुहुन्छ जसले सन् २०१४ देखी सन् २०१९ सम्म क्लबका अध्यक्षका रुपमा सफल नेतृत्व निर्वाह गरी सक्नु भएको छ। उनै रिचा श्रेष्ठको सम्झनामा हरेक बर्ष सगरमाथा क्रिकेट क्लवले भिक्टोरीयन नेप्लिज क्रिकेट एसोशीयसनको सहयोगमा यो टुर्नामेन्ट आयोजना गर्ने भएको छ। फाइनल खेल १७ नोभेम्बरमा हुनेछ । 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal