मेल्बोर्नको सगरमाथा क्रिकेट क्लबको आयोजनामा आज १३ अक्टुबरका दिन I.W Dole Reserve, र J.C Donath, Reservior मा मेल्बोर्नका आठ क्रिकेट टिमहरुको सहभागीतामा रिचा मेमोरीयल क्रिकेट टुर्नामेन्ट आयोजना हुने भएको छ।
पहिलो खेल बिहान दश बजे एससीसी ब्रिलीयन्ट र द हिमालयनको I.W Dole Reserve, Reservior मा हुँदैछ भने रोयल राईनोज बी र नारे किङ्ग बीचको खेल J.C Donath मा हुँदैछ। त्यसै गरेर रोयल राईनोज ए र एक्सपर्ट क्रिकेट क्लव बिचको खेल अपरान्ह १:३० मा J.C Donath, Reservior मा अनि सोही समयमा गोर्खाली क्रिकेट क्लव र सगरमाथा क्रिकेट क्लव ए बिचको खेल I.W Dole Reserve, Reservior मा हुने तय भएको छ।

रिचा मेमोरीयल क्रिकेट टुर्नामेन्ट रिचा श्रेष्ठ जसको केही महिना अगाडी क्यान्सर रोगबाट मृत्यु भएको थियो उनैको सम्झनामा आयोजना गरिएको प्रतियोगीता हो। रिचा श्रेष्ठ सगरमाथा क्रिकेट क्लवका प्रथम प्रेसीडेन्ट बिवेक श्रेष्ठका श्रीमती हुनुहुन्छ जसले सन् २०१४ देखी सन् २०१९ सम्म क्लबका अध्यक्षका रुपमा सफल नेतृत्व निर्वाह गरी सक्नु भएको छ।
उनै रिचा श्रेष्ठको सम्झनामा हरेक बर्ष सगरमाथा क्रिकेट क्लवले भिक्टोरीयन नेप्लिज क्रिकेट एसोशीयसनको सहयोगमा यो टुर्नामेन्ट आयोजना गर्ने भएको छ।

