eNepal

बेलायतको लेस्टरमा दसैंको टीकाकै दिन शुभेच्छाको हत्या

दसैंको टीकाकै दिन गत मंगलबार बेलायतमा एक नेपाली युवतीको हत्या भएको छ । बेलायतको लेष्टर शहरमा बस्दै आएकी ३२ वर्षीया शुभेच्छा बुढाथोकीको हत्या भएको स्थानीय प्रहरीले जनाएको छ ।

मंगलबार बिहान उनकै निवासमा छुरा प्रहार भएको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान करिब साढे ८ बजेको समयमा छुरा प्रहारको सुचना पाएलगत्तै प्रहरीको टोली पुग्दा बुराथोकीको ज्यान गइसकेको थियो । तर त्यतिञ्जेल आक्रमणकारी भागिसकेको थियो ।

पोस्टमार्टम रिपोर्टले पनि मृतकका शरीरका धेरै ठाउँमा छुरा प्रहार भएको देखाएको छ । लेष्टर प्रहरीले हिजो बिहीबार एक वक्तव्य जारी गर्दै ‘फातिमा’ नामबाट चिनिँदै आएकी मृतकको वास्तविक नाम शुभेच्छा बुढाथोकी रहेको र उनी नेपाली रहेको पुष्टि गरेको छ । मृतकबारे अरु जानकारी अहिलेसम्म उपलब्ध छैन ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बुराथोकीको हत्या कसले र किन ग¥यो भनेर अझै स्पष्ट हुन नसकेको बताएको छ । घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् । यो केसको अनुसन्धान बेलायतको इष्ट मिडल्यान्ड स्पेसल अपरेसन युनिटका इन्स्पेक्टर मार्क सिन्स्कीको नेतृत्वमा भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal