eNepal

सर्वाधिक आठ हजार नगद राशीको एक्सपर्ट मेल्बोर्न कप हुँदै

अस्ट्रेलीयाको मेल्बोर्नमा रहेको रोयल वेस्टर्न फुटबल क्लबको प्रयासमा सर्वाधिक आठ हजार डलर सहितको एक्सपर्ट मेल्बोर्न कप ईन्टर स्टेट ९ए साईड आयोजना हुने भएको छ। वालेस रिजर्भ ग्लनरोयमा दुई र तिन नोभेम्बरमा हुने सो प्रतियोगीतामा सोर्ह टिमहरुले सहभागीता जनाउँदै छन्। 

भिक्टोरीयाको हकमा अहिले सम्मकै सर्वाधिक नगद राशी राखिएको यो नै पहिलो टुर्नामेन्ट रहेको आयोजकको दावी रहेको छ।प्रथम हुने टिमलाई चार हजार डलर नगद अनि दोश्रो हुने टिमलाई पन्द्र सय डलर नगदको व्यबस्था गरिएको छ। 

त्यस्तै पैतीस बर्ष उमेर समुहका लागि फ्युजन ईन्जिनीयरिङ कप ईन्टर स्टेट ७ए साईड पनि आयोजना हुने भएको छ। यस प्रतियोगीतामा पहिलो हुने टिमलाई पन्द्र सय डलर र दोश्रो हुने टिमलाई पाँच सय डलरको व्यबस्था गरिएको छ। हाल सम्म पाँच टिमले सहभागीता गर्ने पक्कापक्की भई सकेको छ।

मेन अफ द टुर्नामेन्टलाई तीनसय डलर, उत्कृष्ठ गोलकीपरलाई एकसय डलर, धेरै गोल गर्न सक्ने खेलाडीलाई दुई सय डलर नगद राखिएको रोयल वेस्ट्रन फुटवल क्लवका कोअडीनेटर दिपन्द्र खड्काले बताउनु भयो। 

यस प्रतियोगीतामा भिक्टोरीया, टास्मानिया, न्यु साउथ वेल्स र अस्ट्रेलीयन क्यापिटल टेरीटोरीका क्लवहरु सहभागी हुँदैछन्। 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal