eNepal

अस्ट्रेलियाको आकाशमा देखियो यस्तो दृश्य

अस्ट्रेलियाको ब्रिस्बेनमा अधिकांश स्थानीयबासी घरको कौसीमा निस्किएर आकाशतिर हेर्दैथिए । नजिकैबाट विशाल विमानहरु उडेको दृष्य र ती विमानले निकालेका आवाज उनीहरुका लागि डरलाग्दो अनुभव थियो ।

ती विमान अस्ट्रेलियाकै वायुसेनाको हो । गगनचुम्बी भवनहरुको बीच–बीचमा बाटो बनाएर ती विमान उडिरहेका थिए । घरको कौसीमा निस्किएर हजारौं स्थानीयबासीले ती दृष्य हेरेका थिए ।

समाचार एजेन्सीहरुका अनुसार गत शनिबार अस्ट्रेलियन वायुसेनाले ब्रिस्बेनको आकाशमा असाधारण कला प्रस्तुत गर्ने क्रममा खतरनाक शैलीमा उडान गरेका हुन् । ती विमान वार्षिक रुपमा आयोजना हुने एउटा कार्यक्रमको हिस्सा बनेर अभ्यासमा केन्द्रित भएका हुन् ।

वायुसेनाका लडाकु जेट विमानका साथै कार्गो विमानले पनि आफ्नो कला प्रस्तुत गरेका थिए । आपतकालिन अवस्थामा जस्तोसूकै परिस्थितिकाबीच विमान उडाउनुपर्ने भएकाले वायुसेनाले यस्तो अभ्यास गर्ने गरेको अधिकारीहरुको भनाइ छ ।

केहीले भने यस्तो उडानलाई ‘जोखिमपूर्ण’ भन्दै आलोचना गरेका छन् । उनीहरुले ‘एउटा सानो गल्तीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने’ भन्दै मानव बस्ती भएको क्षेत्रमा यस्तो जोखिम उठाउनु खतरनाक भएको आरोप लगाएका छन् । (एजेन्सी)

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal