eNepal

एनआरएनए भिक्टोरीयाले गर्‍यो विद्यार्थीसँग दशैं शुभकामना साटासाट कार्यक्रम

एनआरएनए भिक्टोरियाले मेल्बोर्नमा बस्दै आएका बिधार्थीसँग गएको आईतबार ३० सेप्टेम्बरका दिन दशै, तिहार लगायत आउँदै गरेका चाडपर्बहरु म्ह: पूजा, नेपाल संम्वत तथा छठ पर्बका उपलक्ष्यमा विद्यार्थीसँग शुभकामना आदानप्रदान तथा अन्तकृया कार्यक्रम  सम्पन्न गरेको छ।यसै उपलक्ष्यमा अस्ट्रेलियाको ब्रिस्बेनमा हालै सम्पन्न राष्ट्रिय नृत्य प्रतीयोगितामा भिक्टोरिया राज्यबाट सहभागिता जनाइ उपाधी जित्न सफल कलाकारहरुलाई सम्मान पनि गरेको छ ।

भिक्टोरियाका लागि नेपाली अबैतनिक महावाणिाज्य दूत चन्द्र योन्जन, गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको अध्यक्ष केशव कंडेल, उपाध्यक्ष प्रेम कंडेल, निवर्तमान अध्यक्ष टोनु घोताने, न्याभका अध्यक्ष तारा गैरे, नारी निकुञ्ज भिक्टोरियाका संयोजक काजल किरण, एएनएमसीका अध्यक्ष डा.चन्द्र दीपक पोखरेल, डा. सावित्रा काफ्ले, गणेश कंडेल, राम गुरुङ लगायतले अष्ट्रेलिया बसाइका आ-आफ्ना अनुभव सुनाउदै विद्यार्थीहरुलाई शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा बिधार्थीहरु उज्वल अधिकारी, पुष्पा खड्का, मोनिका तामाङ, अञ्जली तिमिल्सिना, सुसान्त योञ्जन लगायतले यस प्रकारको भेटघाट तथा अन्तर्कृया कार्यक्रमले आफूहरुलाई नेपालमै भएको महशुस गराएको र अस्ट्रेलिया बसाइ उत्साहमय बनाएको बताएका थिए।

एनआरएनए भिक्टोरीया सचिव नारायण कटुवालले सन्चालन गर्नु उक्त कार्यक्रममा एनआरएनए भिक्टोरीया कोअडीनेटर प्रेम कंडेलले स्वागत मन्तब्य राख्नु भएको थियो भने डेपुटी कोअडीनेर मणिरतन सापकोटाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रमको संयोजन बविन मिश्र र तिलक सापकोटाले गर्नुभएको सो कार्यक्रममा अनु श्रीले कविता बाचन गर्नु भएको थियो ।

अस्ट्रेलियाको ब्रिस्बेनमा हालै सम्पन्न राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा भिक्टोरियाबाट सहभागिता जनाइ उपाधी जित्न सफल कलाकारहरु एकलतर्फ विजेता सुमन गुरुङ र उपविजेता-जेनी गुरुङ, युगलतर्फ विजेता वर्षा तिलिजा पुन र सुमन गुरुङ तथा सामुहिकतर्फ तृतिय उडेन शेर्पा, सुप्रिया लामा, परिभाषा श्रेष्ठ, वर्षा र तिलिजा पुनलाई सम्मान पनि गरिएको थियो ।

 

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal