eNepal

एनआरएन अमेरिकामा पौडेल र जोशीबीच जुङाको लडाइँ : काठमाडौं जाने प्रतिनिधि नै अस्वीकृत

एनआरएन अमेरिका फेरि एकपटक विवादमा तानिएको छ । यसपटक वर्तमान अध्यक्ष डा. केशव पौडेल र आरसी गौरीराज जोशीबीचको शितयुद्धका कारण एनआरएन अमेरिकाको प्रतिनिधि छनौट विवादित वनेको हो ।

आसन्न निर्वाचनमा डा पौडेल महासचिवमा र जोशी सचिवमा उमेद्वार भएकोले उनीहरु आफ्नो पोल्टामा वढीभन्दा बढी प्रतिनिधि वनाउने होडमा रहेकाले प्रतिनिधि छनौट विवादित वनेको हो । छनौट कमिटीले तयार गरेको नामावली कार्यसमितिका बहुमत पदाधिकारीले अस्वीकृत गरिदिएका छन् । नामावलीलाई अनुमोदन गर्न आज वसेको कार्यसमितिको वैठकले अस्वीकृत गरेको हो ।

एनआरएन अमेरिकाका सचिव अमृत कट्टेलले नामावली अस्वीकृत गरेको सामाजिक सन्जालमा सार्वजानिक गरेका छन् । उनका अनुसार कार्यसमितिका १३ जनाले छनौट समितिको नामावली अस्वीकृत गरेका छन् । जसमा सचिव कट्टेलसहित क्षेत्रिय उपाध्क्ष सर्वज्ञ वाग्ले र कृष्णजीवि पन्त छन् । त्यसैगरी युवा संयोजक विनोद रुवाली र महिला संयोजक दिक्षा वस्नेत छन् । छनौट कमिटिको नामावलीलाई अस्वीकृत गर्नेहरुमा वोर्ड सदस्यहरु सत्य चौधरी, जीवन जोशी, खीम भट्टराई, पद्य्म ठकुराठी, तिलक केसी, धर्म विश्वकर्मा, क्षत्र गुरुड र अमर छन्त्याल रहेका छन् । 

यता प्रवक्ता रहेका ओम भट्टराईले भने गुनासालाई चाँडै सम्वोधन गरिने वताएका छन् । यसै विषयमा जानकारी लिने उद्देश्यले वर्तमान छनौट कमिटीका अध्यक्षलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । तर, छनौट कमिटीको निर्णयप्रति यस क्षेत्रका संयोजक जोशीले असन्तुष्टि जनाए । केन्द्रको मापदण्डविपरित नामावली तयार भएको गुनासा आएकोले यसमा छनौट कमिटीले सच्याउनुपर्ने आग्रह गरे । उनले केन्द्रले तोकेको मापदण्ड अनुसार प्रतिनिधि छनौट नगरिए नयाँ लिष्ट तयार गनुपर्ने हुनसक्ने पनि बताए ।

तर यो सवै विवादको जड भने निवर्तमान अध्यक्ष डा. पौडेल र आरसी जोशीको टसल हो । उनीहरुबीच पछिल्लो पटक एनआरएन अमेरिकाको निर्वाचनको क्रममा सदस्यता वितरणलाई लिएर टसलको विजारोपन भएको थियो । सदस्यता वितरणमा डा पौडेल पक्षले वर्तमान अध्यक्ष सुनिल साहलाई जिताउन सर्वरडाउन गरेकोले सदस्यता वितरणमा छानविन गर्नुपर्ने माग राख्दै आरसी जोशीले आफ्नो मातहतमा कमिटी गठन गरेका थिए । यता, डा. पौडेलले त्यसलाई चुनाव प्रभावित गर्ने गरी हस्तक्षेप गरेको आरोप लगाउँदै असन्तुष्टी जनाएका थिए ।

अघिल्लो निर्वाचनमा दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उमेद्वारी दिएका डा. पौडेल र अध्यक्ष पदमै आफ्नो उमेद्वारी दिएका जोशीबीच निकै घम्साघम्सी परेको थियो । निर्वाचनको विषयमा अदालतसम्म पुगेका जोशी र डा पौडेलबीच पद विभाजनमा सम्झौता भएपछि त्योवेला टसल टरेको थियो । डा. पौडेल जोशीलाई आरसीमा सहयोग गर्न सहमत भएपछि उनी अध्यक्षमा डा. पौडेललाई सहयोग गर्ने सर्तमा पछाडि हटेका थिए ।

विधि र पद्धतिको कुरा गरेपनि खास यी दुईबीचको द्धन्द्धका कारण एनआरएन अमेरिका विवादित हुने गरेको छ । त्यसमा पनि यसपटक केन्द्रको निर्वाचनमा दुवै उम्मेद्वार भएकोले यसको असर केन्द्रमा पर्नुे कुरालाई स्वभाविक मान्न सकिन्छ । यी दुई पात्रहरुमध्ये एनआरएन अमेरिकाको केन्द्रमा कसले प्रतिनिधित्व गर्ने भन्ने कुरा प्रतिष्ठाको विषय बनाएर एनआरएन अमेरिका विवादित बनाइएको हो । उनीहरूको भाग्य परीक्षण एनआरएन अमेरिकाको प्रतिनिधिले मात्र गर्ने नभए पनि यहाँका एक सय ६८ जना प्रतिनिधिको निर्णायक भूमिका हुन्छ । 

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal