eNepal

बिगब्यासमा सन्दिप मेलबर्न स्टार्सबाट खेल्ने पक्का

नेपाली बलर सन्दिप लामिछानेले बिगब्यासमा लगातार दोस्रो सिजन मेलबर्न स्टार्सबाट खेल्ने पक्का भएको छ ।

बीपीएल टिम मेलबर्न स्टार्सले आज औपचारिक घोषणा गर्दै सन्दिप टिममा कायम रहेको जनाएको छ । यो सिजनको टिम सार्वजनिक गर्ने कार्यक्रममा प्रशिक्षक डेविड हस्सीले सन्दिप यससिजन पनि टिममा रहेको बताएका थिए ।

अघिल्लो सिजन आठ खेलमा ११ विकेट लिएका सन्दिपले आजै क्यारेवियन प्रिमियर लिगमा आफ्नो तेस्रो खेल खेल्दैछन । यसका साथै सन्दिप टी-१० लिगकाे ड्राफ्टमा पनि पर्ने स‌म्भावना बलियाे रहेकाे छ । अघिल्लाे सिजन बिग ब्यासमा तहल्का मच्चाएका सन्दिपले चार खेलमा चार वटा टिमका कप्तानलाइ पेभेलियन फर्काएका थिए ।

यसपटकपनि बिगब्यास लिगका लागि कुरा गर्न सन्दिप वेष्ट इन्डिज जानु भन्दा अगाडी एक साता अष्ट्रेलिया बसेका थिए । उनि त्यसैबाट क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal