eNepal

डब्लूएचओको तथ्याङ्क अनुसार हरेक ४० सेकेण्डमा एक जनाको आत्महत्या

संसारभरी हरेक वर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको देखिएको छ । 

प्रतिवेदनमा आत्महत्या गरेर ज्यान गुमाउनेको भन्दा धेरै बढी अन्य घटनाबाट ज्यान गुमाउनेको संख्या रहेको उल्लेख गरिएको छ । विषेशगरी युद्ध, हत्या, स्तन क्यान्सरलगायतका कारण नै मानिसको मृत्युका मुख्य कारण रहेको डब्लूएचओले सोमबार जनाएको छ ।

पछिल्लो विवरण अनुसार, राष्ट्रसंघीय स्वास्थ्य निकायले विश्वभरी आत्महत्या गर्नेको संख्या भने पहिलेको तुलनामा अहिले घटेको उल्लेख गरेको छ । तर जनसंख्या नै बढेकाले आत्महत्या गर्नेको संख्या बढेको जस्तो देखिएको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् ।

डब्लूएचओका महानिर्देशक तेड्रोस अधानोम ग्हेब्रेयेसुसले भने ‘प्रतिरोध बढ्दो क्रममा छ, हरेक ४० सेकेण्डमा आत्महत्याका कारण एक जनाको मृत्यु हुनेगरेको छ ।’

तर आत्महत्या दर कम भएका देशमा प्रत्येक एक लाखमा औसत पाँच जनाले आत्महत्या गर्ने गरेका र सबैभन्दा बढी गुयानामा औसत ३० जनाले आत्महत्या गर्ने गरेका अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

विश्वभरी आत्महत्या गर्नेको सङ्ख्या हेर्दा सन् २०१० देखि सन् २०१६ सम्ममा झण्डै १० प्रतिशत घटेको देखिएको छ । तीमध्ये पश्चिमी क्षेत्रमा २० प्रतिशतले गिरावट आएको छ भने दक्षिण–पूर्वी एसियामा ४.२ प्रतिशतले मात्रै घटेको छ ।  

संसारमा अमेरिका मात्रै एउटा त्यस्तो देश हो जहाँ पछिल्लो समयमा आत्महत्याको घटना बढ्दो छ । पछिल्लो छ वर्षको अवधिमा छ प्रतिशतकै दरले आत्महत्या गर्नेको सङ्ख्या बढेको अधिकारीहरूले जनाएका छन् ।

रिपोर्ट अनुसार झण्डै ३८ देशमा आत्महत्या गर्नेको संख्या घट्दो छ, अन्य देशहरुले पनि उनीहरुका उपाय सिक्नु पर्ने देखिन्छ । 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal