eNepal

रोल्पाका हरिको जीवनीमा आधारित वृत्तचित्रलाई अन्तर्राष्ट्रिय अवार्ड

अपांगता सम्बन्धी निर्मित नेपाली वृत्तचित्रले अष्ट्रेलियाको एक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अवार्ड जितेको छ । फिल्मकर्मी शान्ता नेपालीले बनाएको छोटो वृत्तचित्र ‘नथिङ ईज इम्पोसिवल’ ले अन्तर्राष्ट्रिय विधा अन्तर्गत अवार्ड पाएको हो ।

सिड्नीमा नोभा इम्प्लोईमेन्टले आयोजना गरेको ‘फोकस अन एबिलिटी’ नामक चलचित्र महोत्सवमा उही विधामा अन्य ५ वटा वृत्तचित्र पनि छनोटमा परेका थिए । छनोटमा परेका वृत्तचित्रबिच एक महिनासम्म गरिएको अनलाईन भोटिङबाट नेपालीको वृत्तचित्रले बाजी मारेको हो । विजयी भएपछि कुरा गर्दै शान्ताले भन्नुभयो ‘वृत्तचित्र मार्फत नेपाल चिनाउन पाएकोमा गर्व लागेको छ ।’

वृत्तचित्रमा अफगानिस्थानको युद्धमा दुबै खुट्टा गुमाएका वेलायती सैनिक हरि बुढामगरको संघर्ष र आत्मविश्वासको कथा समेटिएको छ । रोल्पा मिरुलका बुढामगरले सन् २०११ मा खुट्टा गुमाउनुभएको थियो । अचानक खुट्टा गुमाउँदाको पीडा र त्यहि पीडालाई शक्तिमा बदलेर केही गर्न अठोट लिएका बुढामगर सन् २०२०मा सगरमाथा चढ्ने तयारीमा हुनुहुन्छ ।

बुढामगरले यसअघि मनाङमा रहेको ६ हजार मिटर अग्लो हिमाल र फ्रान्सको ४८ सय मिटरको माउण्ट ब्लंक हिमाल चढिसक्नुभएको छ । चलचित्रकर्मी शान्ताले हरिसँगै हिमाल चढेर त्यो साहसिक क्षणलाई क्यामेरामा कैद गर्नुभएको छ । शारीरिक रुपमा अशक्त भएर पनि संसार बदल्न सकिन्छ भन्ने सन्देश दिनका लागि ११ वर्षदखि हरेक साल सिडनीमा फोकस अन एबिलिटी चलचित्र महोत्सव हुँदै आएको छ ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal