eNepal

लोकदोहोरी गीत प्रतिस्ठान अस्ट्रेलिया शाखाको पहिलो अधिबेशन सम्पन्न तर तानियो बिवादमा

गएको २९ अगस्ट बिहीबारका दिन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल अस्ट्रेलिया शाखाको प्रथम अधिबेशन अस्ट्रेलियाको मेल्बनमा तथर्त समितिका संयोजक पुर्ण परियारको अध्यक्षतामा तथा केन्द्रिय कार्यसमितिका निवर्तमान अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यता एवम केन्द्रिय सदस्य कुलेन्द्र विकको विशिष्ट आतिथ्यतामा प्रथम अधिवेशन शु-सम्पन भएको छ ।

अधिवेशन एकातिर सम्पन्न हुँदै गर्दा अस्ट्रेलीयामा रहेर बिगत आठ दश बर्षदेखी लोक गीत सङ्गीतमा लागेका धेरै कलाकारहरुलाई नसमेटी गठन गरिएको सँस्था प्रती धेरै कलाकारको आपत्ती रहेको छ। जसले लोकदोहोरीलाई मायाँ गर्दै प्रवासमा रहेर लामो समय देखि नयाँ तथा पुराना कलाकारहरु ल्याएर लोकसँस्कृतीमा ठुलो योगदान दिएका व्यक्तिहरुलाई खवरनै नदिईकन आयोजना गरिएको समितीको खुलेर बिरोध गरेका छन्। अधिवेशन हुँदै गर्दा सार्वनिक रुपमा कुनै खवर या प्रेस मार्फत कुनै जानकारी नगराई हतारमा गठन गरिएको समितीको कुनै औचित्य छैन भन्दै बिगत लामो समय देखि मेल्बोर्नमा बस्दै आउनु भएका लोकगीत सङ्गीतसँग नजिक रहनु भएका र स्वम् आफु पनि धेरै कार्यक्रम गर्न सफल भईसकेका बिराज थापा (दिपक)ले खरो रुपमा यस समिती प्रती आपत्ती जनाउनु भएको छ।

गोविन्द गैरेको अध्यक्षको नेतृत्वमा एक्काईस सदस्य  कार्यसमिती चयन भएको छ ।करिब ४०० जनाको उपस्थितिमा  कार्यसमिती चयनको गरियको हो । जसमा अध्यक्ष गोविन्द गैरे, प्रथम उपाध्यक्षमा बिजय जंग थापा, दृतीय उपाध्यक्षमा बिष्णु सापकोटा,  महिला उपाध्यक्षमा उमा गिरि चुनिनु भएको छ।

त्यस्तै सचिब पदमा माधव  न्यौपाने, कोषाध्यक्षमा अर्जुन तिमल्सिना नियुक्त भएका छन्।सदस्य सचिबमा अर्जुन खनाल, सह-कोषाध्यक्षमा सरोज रोशन प्रसाईं रहेका छन्। सदस्यहरुमा मदन ओली, रमाकान्त न्यौपाने, निर्मला अधिकारी, प्रकाश सापकोटा, पुष्प  रिमाल, राजनारायण  ढुंगाना, शशी धर कडेल, उमा भण्डारी, अनुरोध भट्टराई, संगीता खत्री, वबिन  नेपाल, मनु धमला रहेका  छन्।निर्बतमान अध्यक्ष संयोजक पुर्न परियार सहित जम्म तीन जना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने गरि कार्यसमिती  गरिएको छ ।आजकै उपसमितिको बैठकले राम कडेल,दिपक सापकोटा ,मिलेन्द्र दिप मल्ललाई समितिको सल्लाहाकारमा चयन गर्ने निर्णय गरेको हाे ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal