मेल्बोर्नमा बिगत केही बर्षदेखी बसोबास गर्दै आउनु भएका कुमार महर्जनले नेपाली परम्परागत लोकप्रीय बाजा मादल सिकाउने जमर्को गर्नु भएको छ।सानै देखी नेवारी समुदाएमा बजाउने बाजाहरु बजाउँदै आउनु भएका कुमार महर्जनले सानु राजा महर्जनबाट औपचारीक शिक्षा लिनु भएको थियो।
मोक्क्ष, महागुठी, एके47 सँग आबद्द रहेर दर्जनौ साङगितीक कार्यक्रममा आफ्नो कौशलता देखाई सक्नु भएका कुमार मुकुट र स्पिरीचियुल व्याण्डसँग पनि आबद्द हुनुहुन्छ।

नेवारी परम्परागत बाजाहरुलाई बिदेशमा बस्दै आएका नेपालीहरु सामु सिकाउने आसयका साथ पहिलो चरणमा दश जनाको समुह बनाएर मादलको प्रशिक्षण दिने योजना बनाउनु भएको छ। यसमा ईच्छुक महिलाहरुले पनि सहभागीता जनाउन सक्नु हुनेछ। कुनै जात अनि समुहमा मात्र सिमीत नरही सबै जातजातीले परम्परागत बाजा बजाउन सकुन भन्ने हेतुले यो कक्षा सन्चालन गर्न लागीएको हो । मानिसहरुको उत्साह र सँलग्नतालाई ध्यानमा राख्दै क्रमैसँग सारङ्गी लगाएत अन्य बाजाहरु पनि सिकाउँदै लैजाने अनि साना साना भाईबहिनीहरुको लागिपनि बिशेष कक्षा सन्चालन गर्ने जानकारी गराउनु भयो।
मादल सिक्न चाहनेले सक्भर मादल साथमा लिएर आउनु पर्ने छ। हाललाई दशवटा मादल को आवस्यक्ता हुने भएकोले यदि कोही कसैले मादल किन्न मद्दत गर्नु हुन्छ भने एकदम स्वागत छ भन्दै सहयोगको लागि अपील पनि गरिएको छ। यसको सँयोजक मदन ढुङ्गेलले गर्नु भएको छ।
मादल प्रशिक्षणको बारे थप जानकारीको लागि यो नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ
0421326015
0451102007

