eNepal

अस्ट्रेलियाका सिड्नी र मेलबर्न शहरमा लोडसेडिङ हुने

अष्ट्रेलियाका सिड्नी र मेलबर्नसहितका केही शहरमा विद्युत आपूर्तिमा समस्या हुने भएको छ ।

गर्मी मौसम लागेपछि यी शहरहरुमा लोडसेडिङको हुन सक्ने अस्ट्रेलियन इनर्जी मार्केट अपरेटर (एईमो)ले जनाएको छ ।

यदि कोइला र ग्यासबाट ऊर्जा उतपादन गर्ने केन्द्रहरु बेलैमा सञ्चालनमा नआए भिक्टोरिया राज्यमा मात्रै १० हजारभन्दा बढी घरहरुमा विद्युत आपूर्तिमा समस्या हुने एसबीएसले लेखेको छ ।

एईमोले बिहीबार मात्रै सार्वजनिक गरेको एक रिपोर्टका अनुसार समयमै ग्यासबाट ऊर्जा बनाउने २ कारखानाको मर्मत नभए विद्युत आपूर्तिमा गम्भीर असर पर्ने छ ।

भिक्टोरियाको गिप्सल्याण्ड क्षेत्रमा रहेका एजीएलको ५०० मेगावाट क्षमता रहेका लोय याङ्ग-‘ए ‘२ र ओरिजिनको स्वामित्वमा रहेको मोर्टलेकमा रहेको अर्काे २५९ मेगावाट क्षमताको ऊर्जा केन्द्रहरु हाल बन्द छन् ।

एईमोका प्रमुख कार्यकारी औड्री जिबेलम्यानका अनुसार भिक्टोरियाको छिमेकी राज्य न्यू साउथ वेल्स राज्यमा पनि अबका केही वर्षमै गर्मी मौसममा यो समस्या आउनसक्छ ।

उता, ऊर्जा हेर्ने संघीय मन्त्री एङ्गस टेलरले भने भिक्टोरियाको सरकारले राष्ट्रिय ऊर्जा बजारलाई प्रतिकुल प्रभाव पारेको आरोपसमेत लगाएका छन् ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal