देबराज दुलाल इ नेपाल
सिड्नि अस्ट्रेलिया
सन् २०१३ मा विद्यार्थी भिषामा अस्ट्रेलिया आउनु भएको विजय सापकोटा २०१६ मा UTS न्यु साउथ वेल्स अन्तरास्ट्रिय बिधार्थी अफईयर हुनु भएको थियो।
काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्ट अस्ट्रेलियाको पहेलो प्रेसिडेण्ट हुनुभएको सापकोटा दोस्रो कार्यकालमा समेत निर्बिरोध विजय हुनु भएको थियो। दुई सफल कार्यकाल पुरा गर्नु भएको सापकोटाले विद्यार्थीका समस्या र आवाजको प्रतिनिधि गर्दै २०० भन्दा बढि समस्याहरुको समाधान गरि CISA को गरिमा बढाउनु भएको छ र विद्यार्थीहरुले विश्वास गर्न योग्य सँस्था बनेको छ।
यी सबै कुराहरु मध्यनजर गर्दै एनआरएन आठौ सम्मेलनमा बिजय सापकोटाले युथ अफ द ईयरको उपाधी हात पारेका छन्। नेपाली समाजमा एक उदाहरणीय पात्र बनेका विजय सापकोटा आउदो दिनहरुमा पनि भिविन्न संघ सस्थाहरुसँग आबद्द हुँदै नेपाली समाज र विद्यार्थीको समस्या लागि काम गर्ने प्रतिबद्दता व्यक्त गर्नु भएको छ।
गएको १० जुनदेखि खोलिएको यो मनोनयनमा विभिन्न विधामा आफुले योग्य ठानेका व्यक्तिहरुलाई कारणसहित सिफारिश गर्न आग्रह गरिएको थियो । यही सिफारिसका आधारमा प्राप्त भएका निवेदनमध्ये छनोट कमिटीले विजेता तोकेको थियो ।

