गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आठौं अधिवेशन मेलबर्नमा सुरु भएको छ । भोली सम्म हुने सो सम्मेलनको पहिलो दिन वार्षीक साधारण सभा, गाला डिनरको साथमा अस्ट्रेलीयन अवार्ड सेरेमोनीको कार्यक्रम ईस्टोनियन हाउसमा रहेको थियो भने भोली एनआरएनए अस्ट्रेलीयाको नयाँ कार्यसमितीबाट वर्कसपको कार्यक्रम साईप्रस कम्युनिटी हलमा तय भएको छ।
करिब १२ हजार सदस्य रहेको नेपाली प्रवासीहरुको संस्थाको आजको उध्घाटन समारोहमा विशेष अतिथिको रुपमा विराटनगरका बर्तमान मेयर भीम पराजुली रहेका थिए । कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष शेष घले, भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन ओसेनियाका क्षेत्रीय संयोजक धर्मराज अधिकारी अतिथिको रुपमा सहभागी थिए । तीनसय भन्दा बढी सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा आजै साँझ नवनिर्वाचित सदस्यहरुको सपथग्रहण पनि हुने भएको छ ।











