eNepal

राप्रपा निकट प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको घोषणा

राप्रपा निकट प्रवासी नेपाली एकता समाज अष्ट्रेलिया घोषणा गरिएको छ । आज  मेलवर्नमा एक समारोहका विच पत्रकार सम्मेलन गर्दै प्रनेएस अष्ट्रेलिया घोषणा गरिएको हो । 

समाजको प्रमुख सल्लाहकार डा. रामकृष्ण निरौला रहेका छन भने अध्यक्षमा अजय राजवंशी, वरिष्ठ उपाध्यक्षमा ऋषिकेष न्यौपाने, उपाध्यक्ष प्रमोद भण्डारी, महासचिव मिलन आचार्य, कोषाध्यक्षमा अनुप ढकाल रहेका छन् । यसै समारोहमा अष्ट्रेलियाका विभिन्न राज्यहरूमा प्रमुखहरू पनि चयन गरिएका छन् । समारोहलाई अतिथिको आसन सम्बोधन गर्दै मेलवर्न भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जनले प्रवासी नेपाली एकता समाज अष्ट्रेलियालाई शुभकामना दिदै प्रवासमा आाइपर्ने समस्याको समाधानको लागि समाज संग हातेमालो गर्दै अगाडि वढने वताए ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल एनआरएनएका सचिव देव गुरूङ, समाजसेवी दिपक विष्टले शुभकामना दिएका थिए । कार्यक्रममा समाजका अध्यक्ष अजय राजवंशीले कार्यसमितिको घोषणा गर्दै धर्म, संस्कृति पहिचानको रक्षाको लागि समाज अगाडि वढने वताए । समारोहमा वरिष्ठ उपाध्यक्ष ऋषिकेष न्यौपानेले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै समाज वैचारिक रूपमा अघि वढने तथा नेपालमा प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको वैचारिक आस्था मिल्ने पार्टी राप्रपा भएकोले सो पार्टीको निति सिद्धान्त अनुसार प्रवास अष्ट्रेलिया अगाडि वढने वताए ।

राप्रपाको विश्वका २५ देशमा सशक्त संगठन रहेको छ भने विभिन्न मुलुकमा एनअआरएनएका पदाधिकारी तथा सदस्यहरूमा पनि राप्रपाका प्रवासी नेताहरू निर्वाचित हुँदै आाएका छन् । वैचारिक रूपमा प्रवासमा प्रवासी नेपाली एकता समाजको सशक्त भुमिका रहेको छ । 

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal