नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को प्रदर्शन मिति सरेको छ । भदौ १३ गते प्रदर्शन हुने भनिएको चलचित्र असोज ३ गते आउने भएको हो ।
वितरकले असोज ३ गते रिलिज गर्न आग्रह गरे छि चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’का निर्देशक रामबाबु गुरुङले जानकारी गराएका छन्! चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ अहिले फाइनल एडिटको चरणमा छ ।
त्यस्तै अस्ट्रेलीयाका प्रमुख शहरहरुमा पनि यस चलचीत्रको रिलीजको मिती तोकी सकिएको थियो। तर चलचीत्रको नेपालबाटै रिलीज मिती सरेसँगै अस्ट्रेलीयामा पनि यो चलचीत्रको प्रदर्शन मिती सर्ने निश्चित देखिएको छ।
दयाहाङ राई र उपासनासिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको कथा रामबाबु र उपेन्द्र सुब्बाले लेखेका हुन् ।

