eNepal

अस्ट्रेलीयामा सवारी दुर्घटना हुनुका मुख्य कारण

१: नक्कली लाईसेन्स:

नेपालबाट दुई हप्ताको ड्राईभिङ सिक्यो अनि नक्कली लाईसेन्स बनायो। अस्ट्रेलीया आएसँगै अलि अलि पैसा कमाउन थाले पछि सस्तो मस्तो गाडी किन्यो अनि चलायो। ब्रेक र एक्सिलेटर राम्ररी नबुझी एकैचोटी बाटोमा हुईक्याउन थाले पछि दुर्घटना हुन स्वभाविक हो। फेरी नेपालमा म्यानुअल गाडी चलाएको हातले अटो गाडी चलाउन केही सहजता हुन्छनै तर ड्राईभिङ जाँच पास नभईकन नक्कली लाईसेन्स ल्याएर चलाउँदा दुर्घटना हुने सम्भावना बढि हुन्छ।

२: ट्राफीक नियम मिच्ने

हामी नियम मिच्नमा माहिरनै छौ। साट्ठीको स्पिडमा असी, सयको स्पिडमा एकसय तिस, ट्राफीक लाईट कुर्ने सामार्थ्यनै छैन। हामीमा धैर्यनै हुँदैन जसको कारण दुर्घटना हुने गर्छ।

३: सधै हतारनै हुनु: गाडी चलाएपछि हामीलाई हतारोनै हुन्छ। के के न बित्यो झसरी कुदाउँछौ। 

४: बाटामा राखिएका चिन्हहरुको बेवास्था गर्नु: कहाँ कति स्पिड छ, कहाँ बाटो साँघुरो छ, हिउँ पर्ने समय छ, कहाँको बाटोमा स्लिपरी छ, कुन बुसफाएर जोन हो पहिलेनै  सुचना दिएको हुन्छ। तर यस्ता कुरा बेवास्ता गर्दा पनि दुर्घटना हुने गर्छ।

५: फाईफुट्टी देखाउँदा: गाडी चलाउन पाए पछि आफु भन्दा ठुलो कोही छैन भन्ने सोचले पनि दुर्घटना हुने गर्छ।

६: समय समयमा गाडीको अवस्था जाँच नगर्दा: हाम्रो बानी भनेको जव पर्यो राती तब बुढी ताती जस्तै छ। गाडी कुदिन्जेल मतलब गर्दैनौ। ह्या कुदी रहेको छ अहिले किन गर्नु भन्छौ। अनि एक्कासी बाटामा गाढीले धोका दिएर अलपत्र परेपछि बल्ल चेत खुस्छ। 

७: मादक पदार्थ र लाघु पदार्थको सेवन: रक्सी खाएर चलाउन हुन्न भन्ने थाहा छ,  पुलीसले समाए मज्जाले फाईन लगाउँछ त्यो पनि थाहा छ। आफु कन्ट्रोलमा छु जस्तो लागेर गाडी चलाउनु अनि लगेर एकातिर जोत्नु अर्को प्रमुख कारण हो। 

८: पुलीसलाई छल्न खोज्नु पनि अर्को मुख्य कारण हो। पुलीस देखे पछि डराएर चलाउनु वा बढि स्पिडमा कुदाएर भाग्न खोज्नु पनि दुर्घटना हुनुको कारण हो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal