eNepal

मेल्बोर्नमा नेप्लिज सर्ट फिल्म फेस्टीभल हुँदै

अस्ट्रेलीयाको मेल्बोर्नमा आगामी ४ अगस्ट र ५ अगस्टका दिन नेप्लिज सर्ट फिल्म फेस्टीभल आयोजना हुने भएको छ। समाहा एण्ड एसोसिएट्सले आयोजना गर्न लागेको नेपाली सर्ट फिल्म महत्सवको पहिलो दिन डोल्पा डाएरी, चुकौनी र छोरी प्रदर्शन हुँदैछन् भने दोश्रो दिन बुट्टे जामा, लछ्मनिया र ईन सर्च अफ देवकी प्रदर्शन हुँदैछन्। 

डोल्पा डाएरी २६ बर्षीय महिलाको २३ दिनको उपल्लो मुस्ताङको यात्रा सँस्करणको सेरोफेरोमा बनाईको चलचीत्र हो। यात्राका क्रममा भोगिएका तिता मिठा घटनालाई समेटिएको छ भने बुट्टे जामा पुर्वी तराईको ताजपुरीया समुदाएको भेषभुषाको कथालाई देखाउन खोजीएको छ। त्यस्तै अन्य चलचीत्रहरुको पनि आफ्नै मौलिकता र बिशेषता रहेको छ। 

सिड्नी रोड स्थित बिग बेली एसियन क्याफेमा प्रदर्शन हुने यी चलचित्रहरु प्रकृती प्रेम, देश भक्ति र कला सँस्कृतीले ओतप्रोत रहेको छ। $१५ टिकट शुल्क र  कम्प्लिमेन्टरीको रुपमा मोःमोको व्यबस्था रहेको आयोजकले जनाएको छ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal