आफ्ना कर्मचारीलाई कम तलब दिने तर आफूलाई दिइने रकमबारे कुरा मिल्न नसके पछि कार्यक्रम छोड्ने निर्णय लिएको भनिएका जर्ज कलाम्बरिस मङ्गलवार अन्तिम पटक मास्टर सेफ अस्ट्रेलियामा देखिएका छन्।
दर्शकहरूमा निकै चर्चित खाना पकाउने प्रतियोगिता मास्टर सेफ अस्ट्रेलियाका निर्णायक मण्डलमध्येका एक जर्ज कलम्बरिसले आफ्ना कर्मचारीहरूको ८० लाख डलर पारिश्रमिक ठगी गरेको समाचारहरू आइरहँदा आगामी वर्षको कार्यक्रममा उनी नरहने भएका छन्।
महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले ८० लाख डलरको पारिश्रमिक ठगी गर्ने कलाम्बरिसलाई २ लाख डलर मात्र जरिवाना गरिनु अत्यन्त कम भएको बताएका छन्।
गत हप्ता मात्र उनलाई आफ्नो रेस्टुरेन्टमा काम गर्ने कर्मचारीहरूलाई कम तलब दिएर काम लगाएको भन्दै २ लाख डलर जरिवाना तिर्न भनिएको थियो।
एबिसी रेडियोमा कुरा गर्दै पोर्टरले सरकारले पारिश्रमिक ठगी गर्नेलाई तिराइने जरिवाना बारे सरकारले समीक्षा गर्ने पनि बताएका छन्।
यो समाचार एसबिएस डट कमबाट साभार गरिएको हो।

