eNepal

अष्ट्रेलियामा विपिन थापालाई ७ अर्ब ७० करोडको मनि लाउन्ड्रिङ मुद्दा

मनि लाउन्ड्रिङको आरोपमा अष्ट्रेलियामा नेपाली युवकसहित चार जना पक्राउ परेका छन् । ७ अर्ब ७० करोड नेपाली रुपैयाँ बराबर (१०० मिलियन अष्ट्रेलियन डलर)को मनि लाउन्ड्रिङमा विपिन थापासहित नितिन कापिला, गगनदीप पह्वा र गोपाली दाह्ल पक्राउ परेका हुन् ।

मुख्य अभियुक्त कापिललाई विमानस्थलबाट पक्राउ गरेको अष्ट्रेलियन सञ्चार माध्यमले जनाएका छन् । दक्षिण सिड्नीलाई मुख्य केन्द्र बनाएर अष्ट्रेलिया र अन्य देशमासमेत उनीहरुले मनि लाउन्ड्रिङ गरेको आरोप लागेको छ ।

चार जनालाई नै मनि लाउन्ड्रिङ गरेको, आपराधिक गतिविधिमा संलग्न भएको र रकम लुकाउने काम गरेको अभियोग लागेको छ । प्रहरी अनुसन्धानले करोडौं रुपयाँ पर्ने सिंगापुरमा रहेको एक कम्पनी खारेज गराएर डलर असुल्ने काममा समेत उनीहरुको संलग्नता रहेको देखिएको छ ।

कापिलासहित सबै जना अहिले अनुसन्धानकै क्रममा रहेको र अदालतले समेत उनीहरुको जमानत अस्वीकार गरेको अष्ट्रेलियन सञ्चार माध्यमले जनाएका छन् । उनीहरुको सुनुवाई अर्को हप्ता हुनेछ ।

एजेन्सी

यस समाचार हामीले नागारीक डटकमबाट साभार गरेका हौ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal