eNepal

साकारको दिदीलाई क्यान्सर, अष्ट्रेलियाबाट आमाले गरिन् सहयोग अपिल

युवा र्यापर साकार अधिकारि चर्चा र विवादमा आइरहने नाम हो। केहि समय अगाडी अष्ट्रेलिया पुगेर उनले सामाजिक संजालमा प्रस्तुत गरेका भिडियो निकै विवादास्पद पनि बनेका थिए। उनै साकारकी दिदि समिक्षा अधिकारी यतिबेला क्यान्सर संग लडीरहेकी छिन्। समिक्षालाई पेटको क्यान्सर भएको छ। अष्ट्रेलियाबाट नै उनकी आमा राधा संग्रौला अधिकारीले सहयोगको अपिल गरेकी छिन्। उनले मार्मिक लेख लेख्दै उनको सहयोगको अपिल गरेकी छन्। उनले छोरीक पहिलो चरणको उपचार सफल भएको र दोश्रो चरणको उपचारका लागी सहयोग चाहिएको बताएकी छिन्।

यस्तो छ उनको लेख:

जब रात पर्छ तब अध्यारो हुन्छ उज्यालो हुनलाई बिहानसम्म कुर्नुको विकल्प छैन! आज हामी त्यही बिहानिको पर्खाइमा अन्धकार रातसँग जुधिरहेका छौं। हाम्री छोरी अब हाम्रो मात्र छोरी होइनन् सम्पुर्ण नेपालीकै छोरी भएको हामीले महसुस गरिरहेका छौं।तपाईंहरूको माया साथ सहयोगले गर्दा नै आज छोरीको पहिलो चरणको उपचार सम्भव भएको छ। हामी पीडामा रहेको बेला विभिन्न तवरले हाम्रो पिडामा मलमपट्टी गर्नुहुने सबैमा हृदयदेखि नमन!! समीक्षा अधिकारीको अबको जीवन आफू जस्तै क्यान्सर पीडितहरूको आत्मविश्वास बढाउन र यस रोगका वास्तविकता र भ्रमहरु के-के हुन् सबैमा जानकारी गराउने महान उदेश्यका साथ दरिलो भई अघि बढिरहेकी छिन् उनलाई दिर्घायु र उनको उद्देश्य प्राप्त गर्नका लागि शुभकामना दिन एकपटक पुन यहाँहरुको माया साथ र सहयोगको हार्दिक अपेक्षा गर्दछौं!!

धन्यवाद

राधा संग्रौला अधिकारी

साभार

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal