नेपाली साङ्गितीक आकाशमा गायिका सिन्धु मल्ल कुनै नौलो नाम पक्कै होईन। लोक होस् या आधुनिक अनि सुगम सङ्गीतमा उनको कुनै बेला बर्चस्वनै थियो। अझ तीजका गीतमा उनले एकछत्र राजनै गरेकी छिन्। चिटीक्कै भाछु रे भन्दै सबैको मनमा बस्न सफल गायिका सिन्धु मल्लले तीजको अवसर पारेर नयाँ गीत बजारमा ल्याएकी छिन् ।
तीजको रमझम झल्किने ‘चिटिक्कै भाछु रे’ बोलको गीतमा सिन्धु मल्लको स्वर छ भने राजकुमार बगरका शब्द अनि सुदाम थापाको संगीत रहेको छ। ।
अहिले कि लोकप्रीय अभिनेत्री तथा मोडल आँचल शर्मामा साथमा स्वयम् सिन्धु मल्लले समेत नृत्य गरेकी छिन् । भिडियोको निर्देशन शिव बिकले गरेका हुन् भने रामेश्वर कार्कीको छायांकन र सक्षमसिंह थापाले निर्माण गरेका हुन् ।

