eNepal

गैरआवासीय नेपाली संघ यूकेको अध्यक्षमा सुशीला राईको उम्मेदवारी

गैरआवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष सुशीला राईले आगामी २०१९-२०२१ को कार्यकालका  लागि अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेकी छन् । 

संघको १४ सेप्टेम्वरमा हुने निर्वाचनमा अध्यक्ष पदमा औपाचारिक रुपमा उम्मेदवारी घोषणा गरेकी राई  उम्मेदवार हुने भयकि हुन। यसअघि संघका उपाध्यक्षहरु पुनम गुरुङ, शेर सुनार, ललीत कुमार न्यौपाने र प्रेम गाहामगरले उम्मेदवारी घोषणा गरेका छन ।

अल्डरसटमा आयोजित चुनावी घोषणासभा मार्फत उनले उम्मेदवारी औपचारिक ७ बुँदे घोषणापत्रसहित प्रतिबद्धता सार्वजनिक गरेकी छन् । एनआरएन यूकेलाई सशक्त, मजबुद बनाउन र गैर आवासीय नेपालीहरू सुखदु:खमा पनि साथीभाई मीलेर बस्ने बाथावरणको सृजना गर्न आफु संस्थाको नेतृत्वमा आउन लागेको राईले बताएकी छन् ।

वर्तमान कार्यसमिति २०१७-२०१९ मा उपाध्यक्ष रहेकी राईले संस्थाको भैपरी तथा राहत वितरण विभागको संयोजक भयर जिम्मेवारी पनि सम्हाली सकेकी छन्। महिला संयोजक भै उनकै नेतृत्वमा केहि च्यारिटी कार्यक्रम समेत सम्पन्न गरेकी राई सन् २००७ मा बेलायत आएदेखि नै एनआरएन अभियानमा जोडिएकी हुन्। नेपालमा रहँदा उनी विभिन्न संघसंस्था र सामाजिक काम गर्दै आएकी थिइन्। 

काउन्सिलर प्रवेश केसी उपस्थित घोषणासभामा प्रवासी नेपाली मञ्च यूके अध्यक्ष राजेन्द्र पुडासैनी, प्रगतिशिल मञ्च अध्यक्ष सुरेश गौतम, तमु धिं यूके अध्यक्ष नन्दजंग गुरुंग, ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, नेपाल आदिवासी जनजाती महासंघ यूके अध्यक्ष जंग सुनुवार र उपाध्यक्ष लिला सेलिंग माबो उपस्थित थिए।

नेपाली जनसम्पर्क समिति यूके उपाध्यक्ष कोपिला सुब्बा, मगर संघ यूके उपाध्यक्ष राम गलामी, किरात राई यायोख्खा यूके अध्यक्ष कल्पना राई, गेसो उपाध्यक्ष मानबहादुर गुरुंग, संखुवासभा जिल्ला समाज यूकेका वरिष्ठ उपाध्यक्ष नैनसिं गुरुङले पनि शुभकामना दिए। 

त्यसैगरी तेह्रथुम जिल्ला समाज यूके पूर्व अध्यक्ष सुर्य खापुंग, किरात याक्थुम चुम्लुङ्गकी कमला लिम्बू, एनआरएन यूके सचिव उम्मेदवार भोलाविक्रम राई, किरात याक्थुम चुम्लुङ सल्लाहकार नरकुमारी लिम्बूसहित बेलायतस्थित नेपाली संस्थाका प्रतिनिधिले शुभकामना दिए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal