eNepal

अस्ट्रेलियाको सिडनीमा भएको शृमद भागवत सप्ताह ज्ञान महायग्यले गर्यो भिजन फर मोटीभेसनलाइ सम्मान।

देवराज दुलाल
इ-नेपाल
सिडनी, अस्ट्रेलिया

अस्ट्रेलियाको सिड्नी इस्थित रिजेंट्स पार्कमा ८ जुलाई देखि सुरु भएको शृमद भागवत सप्ताह ज्ञान महायग्य आज जुलाई १५ मा समापन भएको छ। नेपाली हिन्दु समाज अस्ट्रेलियाले आयोजना गरेको यस शृमद भागवत पण्डित कुबेर सुबेदी ज्जु को मुखारबिन्दु बाट बाचन भएको थियो । अस्ट्रेलियामा पहिलो पटक आयोजना भएको यस शृमद भागवत सप्ताहमा सिड्नीमा बस्नुहुने हिन्दु भक्तजनहरु पाल्नु भएको थियो भने शृमद भागवतमा सामुहिक बर्तबन्द,गुनिउचोलि,पितृउद्दार लगाएतका कार्यहरु पनि भएका थिए।

शृमद भागवत सप्ताह ज्ञान महायग्य सुरु भएको दिन देखि समापन सम्मनै स्वयंसेवकको भूमिकामा रहेको भिजन फर मोटीभेसनले त्येहा पाल्नु भएका सम्पूर्ण भक्तजनहरुलाई सहज बाताबरण बनाउन सहयोग गरेको थियो। आयोजक नेपाली हिन्दु समाज अस्ट्रेलियाले भिजन फर मोटीभेसनको कार्य र सहयोगको सम्मान गर्दै सपुर्ण टिमलाइ धन्यवाद प्रकट गर्नुका साथै सम्मान पत्र समेत प्रदान गरेको छ। भी एफ एम का फ़ाउण्डर महेश प्रशाई विद्यार्थीको हक हित र विद्यार्थीकै प्रतिनिधि गरेर खोलिएको यस सस्थाले विद्यार्थीलाई मात्र नभई सम्पूर्ण नेपाली समुदायलाइ सहयोग गर्ने र अजै राम्रा कामहरु  गर्दै जाने प्रतिबद्द्ता गर्नु भएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal