eNepal

अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा ६.६ म्याग्नीच्युडको भूकम्प

अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परेपनि घाइते तथा क्षतिको विवरण भने अहिलेसम्म नआएको उनीहरुको भनाई छ । अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछिको आँधीको कुनै खतरा भने नरहेको स्पष्ट पारेको छ ।

ब्रुम प्रहरी विभागले झण्डै एक मिनेटसम्म घरहरु हल्लिए पनि कुनै क्षतिको विवरण प्राप्त भइनसकेको जानकारी दिएको छ । राष्ट्रिय प्रसारण एबीसीले भने सामान्य क्षतिका केही खबर आएपनि कसैको मृत्यु भएको वा कोही घाइते भएको खबर नआएको जनाएको छ । रासस

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal