eNepal

जहाजले रनवे छोड्दा बाँच्ने आशा नै हराएको थियो’ यति एयरलाइन्सका यात्रु घनश्याम थापाको अनुभव

शुक्रबार बिहान झण्डै १०:०० बजे नेपालगञ्ज-काठमाडौं उडानका लागि यति एयरलाइसको ९एनएएमएम कलसाइनको एटिआर ७१ जहाजले उडान गरेको थियो।

चालकदल सहित ६६ जना यात्रा गरिरहेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा जहाज एक्कासी धावनमार्गबाट बाहिरिएर घाँसे मैदानमा पुग्यो। नसोचेको भइदिँदा यात्रुहरु  निकै आत्तिएका थिए।

धावनमार्गबाट करिब १५ मिटर बाहिर घाँसे मैदानमा पुग्दै गर्दा अब बाँचिन्छ भन्ने आसै मारेको यात्रु घनश्याम थापाले बताए।

‘हवाई यात्रा गर्दा यस्तो घटना पहिलोपटक झेलेको हुँ। घटना सामान्य नै हो तर बस र कारमा यस्तो हुँदा सहजै बाहिर निस्कन सकिन्छ। तर जहाजमा त्यो असम्भव। सबै यात्रु आत्तिएका थियौँ। जहाजले रनवे छोडेपछि त कहाँ पुगेर ठोकिन्छ अनि मरिन्छ भन्ने डरले डेरा जमाएको थियो। यस्तो अवस्थामा यो सोच आउनु सामान्य हो। परिचारिकाले हामीलाई नआत्तिनका लागि सहानुभुति दिइन्। त्यसपछि बाँचिएला की भन्ने आशा जागेको थियो।’  

थापाका अनुसार एकजना महिलालाई हर्टअट्याक भएको छ भने जहाज रोक्ने क्रममा एक जना यात्रुको आँखा छेउमा चोट लागेको छ। जहाज घाँसेमैदानमा पुगेर रोकिएको पाँच मिनेटमा सबै यात्रुलाई उद्धार गरिएको र  दुईजना घाइतेलाई अस्पताल पठाइसकिएको थियो।  

‘ठूलो दुर्घटनाबाट जोगिएको महसुस भइरहेको छ। यतिखेर दोस्रो जन्म लिएको अनुभव भइरहेको छ।’उनले भने।

यति एयरलाइन्सका अनुसार नेपालगञ्ज-काठमाडौं उडान क्याप्टेन प्रमोद पौडेलले गरेका थिए।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal