हिन्दु नारीहरुको महान चाड हरितालिका तिज आउन लगभग ५३ दिन बाँकी छ। तर तिजको चहलपहल भने तिन महिना अघि देखि शुर हुने गर्छ। के स्वदेश के बिदेश नेपाली बसोबास गर्ने सँसारको सबै कुनामा तिज धुम्धामले मानिन्छ। अव यसबाट अस्ट्रेलीया चोखो रहने कुरै भएन।
नेपाल पछिको मिनी नेपालबाट पछिल्लो बर्षहरु चर्चीत अस्ट्रेलीयामा झन् तिजको चहलपहल छ महिना अघि देखि नै शुरु हुन्छ। बोरु नेपालमा कलाकारको खडेरी लाग्ला तर अस्ट्रेलीयामा कलाकारको ओईरो बर्षै भरि लागेको हुन्छ। गएका बर्षहरुमा जस्तै यस बर्ष पनि अस्ट्रेलीयाको मेल्बोर्न तिजमय हुने पक्कापक्की छ।
हास सम्म प्राप्त जानकारी अनुसार मेल्बोर्नमा तिजका लगभग आधा दर्जन कार्यक्रमहरु हुने निश्चित भएको छ। १७ अगस्टका दिन मेल्बोर्न नेप्लिज कम्युनिटी वेस्टले तिज साँझ आयोजना गर्दैछ जहाँ राधिका हमाल र राजेन्द्र कन्डेलको प्रसतुती रहनेछ।यो कार्यक्रम वेरेबी बेप्टिस्ट चर्चमा हुँदैछ भने यसबाट उठेको केही रकम द क्यान्सर च्यारिटीलाई जाने आयोजकले जनाएको छ।

त्यसै गरि २४ अगस्टका दिन दिदी बहिनी समाज भिक्टोरीयाले तिज सेलिब्रेसन २०१९ गर्ने भएको छ।प्रेस्टोन टाउन हलमा हुने सो कार्यक्रममा टिका प्रसाई र सन्जिव पराजुलीको प्रस्तती रहने छ।

नेप्लिज एसोसियसन अफ भिक्टोरिया न्याभले पनि बिगतका बर्षहरु जस्तै यस बर्ष पनि न्याभ मेघा तिज साँझ आयोजना गर्दैछ जसमा जानकी तारमी मगरले साथ दिदैछिन्। ३१ अगस्टका दिन हुने सो कार्यक्रम कोबर्ग टाउन हलमा आयोजना हुँदैछ।

यसै दिन ईनाक्छी ईन्टर्टेनमेन्टले तिज मेला आयोजना गर्दैछ जसमा पुर्णकला विसी, कुलेन्द्र बिक, जुना श्रीको साथमा मोडल अन्जली अधिकारीको बेजोड प्रस्तुती रहेको छ। यस कार्यक्रम ईस्टोनियन हाउसमा हुने भएको छ।

१ सेप्टेम्बरका दिन डाँफे हेयर एण्ड ब्युटीले हरेक बर्ष आयोजना गर्दै आएको तिज मेला यस बर्ष पनि आयोजना गर्दैछ। यस कार्यक्रम भने थोनबरी थियटरमा हुने भएको छ।


