गैर आवासिय नेपाली सँघ अस्ट्रेलियाको हिजो भएको चुनाबमा भिक्टोरीया बस्दै आउनु भएका ठेट नेपाली अभिबादन तारेमाम चिरबिरे संसारको उपनामले चिर-परिचित पेशाले ईन्जिनियर नारायण काफ्ले र वहाँकी छोरी अनुश्का काफ्ले विजय हुनुभएको छ।
नारायण काफ्ले आईसिसि सदस्यमा ३०९२ मत ल्याएर विजयी हुनु भएको हो भने अनुस्का काफ्ले भिक्टोरीया राज्यको नारी निकुंञ्ज एसएनएन सदस्यमा सहकर्मी साथीहरु मध्ये सबैभन्दा बढि ७८२ मत ल्याएर बिजयी हुनु भएको छ। यहाँको नेपाली समुदाय बिच संघसंस्था प्रति मिश्रीत प्रतिक्रियाहरु आई रहँदा नारायण काफ्ले आफ्नो दोश्रो पुस्ता (छोरी) लाई एनआरएनमा प्रबेश गराउनुलाई सकारत्मक पक्षका रुपमा हेरिएको छ।
हामीले नयाँ पुस्तालाई नेपाल सँग जोडिरहन हाम्रा दोश्रो पुस्तालाई यसरी बेलैमा नेतृत्वमा लग्नु पर्दछ । फेरि दोश्रो पुस्तालाई बिभिन्न नेपाली कार्यक्रमहरु मार्फत प्रवासको बृहत नेपाली समुदाय सँग जोडिरहन पनि उनिहरुको यसखाले उपस्थितिले फरक पार्ने छ । अब उनले पनि नेपाली कार्यक्रमहरु प्रति बढि चासो देखाउँदै आफ्नो साथीहरुलाई पनि ति कार्यक्रममा सङ्लग्न गराउन सक्छिन् जसले दोश्रो पुस्तालाई मार्गहरु प्रसस्त गर्न सक्छ भन्ने हेतुले यस पटक एसएनएन सदस्यका रुपमा छोरीलाई उठाएको हामीलाई बताउनु भयो।
अनुश्का नेपाली समुदायमा हुने कार्यक्रममा बिगत केही बर्ष देखी बिभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागीता देखाउँदै आएकी छिन्।

