eNepal

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल विजयी

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको आज भएको मतदानमा अध्यक्ष पदमा केशव कँडेल विजयी भएका छन् । यसका साथसाथै अन्य महत्वपुर्ण पदमा समेत केशव कँडेल समुह नै विजयी भएका छन् ।

४ हजार मत ल्याएर कँडेल विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी दिनेश पोखेरेलले जम्मा ३ हजार ७ सय ५७ मत ल्याएका थिए ।

महासचिवमा डाक्टर ज्ञानेन्द्र रेग्मी विजयी भएका छन् । त्यस्तै सचिवमा उषाकिरण बारिया, कोषाध्यक्षमा अनिल पोखरेलले विजय हासिल गरेका छन् । त्यस्तै युवा संयोजकमा इर्शाद अहमद चुनिएका छन् । नारी निकुञ्जको नेतृत्व सन्ध्या शाहले हात पारेकी छन्। 

त्यस्तै गरेर भिक्टोरीयाबाट एनआरएनएमा बिजय उमेदवारहरु भिक्टोरिया कोअडीनेटरमा प्रेम प्रसाद कन्डेलसे बिजय हाँसील गर्नु भएको छ भने डेपुटी कोअडीनेटरमा मनीरतन सापकोटा एनसिसि मेम्बरमा हरि खड्का, शिशिर चन्द्र बस्ताकोटी, हेम दुलाल बिजय भएका छन् भने स्टेट सेक्रेटरीमा नारायण कट्टुवाल, स्टेट जोईन्ट सेक्रेटरीमा नरेश रावल, एससिसि भिक्टोरीया ट्रेजररमा हरि पण्डीत , एससिसि मेम्बरमा माधुरी मास्के, गणेश भण्डारी, प्रेमलाल सापकोटा, तिलक सापकोटा, रस्मी रेग्मी, गणेस कण्डेल, विस्व गौडेल, महेन्द्र साली घिमीरेमे जित हाँसील गरेका छन्। त्यस्तै गरेर एसएनएन महिला कोअडीनेटरमा काजल किरण सिङ भण्डारी र महिला डेपुटी कोअडिनेटरमा राधिका बोगटीको बिजयी भएका छन्।एसएनएन महिला सदस्यमा अनुस्का काफ्ले, चन्द्रकला कन्डेल भुषाल, मेरीना गुरुङ, निशा गुरुङ, राधा अर्याल खरेलले जितेका छन्।स्टेट युथ फोरममा बवीन मिश्र, युथ डेपुटी कोअडीनेटरमा असिम सुबेदी, स्टेट सदस्यमा सबिना शिलवाल, सन्दिप सापकोटा, अनीष लामिछाने, आनन्द केसी, मेघ गुरुङ बिजय भएका छन्।

जुलाई ६ तारिख शनिवार भएको निर्वाचनमा नर्दन टेरिटोरी संयोजकमा वासुदेव दुलाल र उप संयोजकमा अशोक बस्नेत विजयी भएका छन् । त्यस्तै वेष्टर्न अष्ट्रेलियाको संयोजकमा कृष्णमान श्रेष्ठ र उपसंयोजकमा माधव ढुंगानाले विजयी भएका छन् ।साउथ अष्ट्रेलिया संयोजकमा नविन पन्त र उपसंयोजकमा सन्तोषी गौतम विजयी भएका छन्।

कुइन्सल्याण्डको नेतृत्व भने उमेश खड्काको पोल्टामा पुगेको छ । त्यस्तै उपसंयोजकमा अमित खत्रीले विजयीयात्रा थालेका छन् ।

भिक्टोरिया संयोजकमा प्रेम कंडेल र उपसंयोजकमा मणिरतन सापकोटा विजयी भएका हुन् ।त्यस्तै न्यु साउथ वेल्स संयोजकमा देव गुरुङ बिजय भएका छन्।

त्यस्तै आइसिसी सदस्यमा राजु अधिकारी, छवी प्रसाद सापकोटा र दिपक शर्माले बाजी मारेका छन् । त्यस्तै अरुणकुमार ठाकुर, नारायण काफ्ले, अशोक केसी र सन्तोष कुंवरले पनि आइसिसी सदस्यमा विजयी भएका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal