eNepal

बिरुवा नेपालको सहयोगार्थ नेपाली चलचीत्र “मन त हो” प्रिमीएर शो मेल्बोर्नमा हुँदै

मेल्बोर्नमा बसोबास गर्ने आमनेपालीको लागि गौतम लामिछाने खासै नौलो नाम पक्कै होईन।उनलाई समाजसेवीका रुपमा धेरैले चिन्छननै अव उनी जोडिएका छन् चलचीत्र निर्माताका रुपमा पनि। 

पछिल्लो समय उनले चलचीत्र “मन त हो” निर्माण गरेका छन् जसलाई निर्देशन गरेका छन् सुवास लामिछानेले भने स्वयम गौतम लामिछानेको कथा रहेको छ। 

बिरुवा नेपालको सहयोगार्थ चलचीत्र मन त होको प्रिमीएर शो ३० जुन आईतबारका दिन चर्च अफ साईन्टोलोजी अफ मेल्बोर्न एस्कटभेलमा प्रदर्शन हुने भएको छ। थप जानकारी तलको पोस्टरमा हेर्न सक्नु हुनेछ।

गौतम लामिछाने भन्छन् व्यवसायको लागि होइन समाजसेवा गर्नको लागि फिल्म निर्माणमा पाईला चालेको हुँ। यसबाट उठेको सबै रकम बिरुवा नेपाल नामक सँस्थामा जाने छ। 

आखिरी के हो बिरुवा नेपाल यसका बारे यसो भन्नु हुन्छ गोतम लामिछाने –

हाल ” बिरुवा नेपाल ” अन्तर्गत २० जना भन्दा बढि बालबालिकालाई गाँस बास सुवास्थ्य र शिक्षा उपलब्ध गराइरहेको अवस्था छ । खर्च चाहिँ महिनामा नेपाली पैसा करिब ५० देखि ६० हजार जस्तो मैले आफ्नै कमाइबाट पठाउने गरेको छु, गाउँघरबाट पनि सहयोग पाउने गरेको छ। मेरो इच्छा चाहिँ व्यवस्थित र व्यवस्थापन राम्रो बनाउनु पर्ने छ। बालबालिकाका अभिभावकहरुको पनि ध्यान राख्ने गरेको छ बिरुवा नेपालले। 

आउँ सबै मिलेर यो च्यारिटी शोलाई सफल पारौ र बिरुवा नेपाललाई सबै मिलेर जति सकिन्छ सहयोग गरौ। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal