eNepal

ए.एन.एम.सीको बिधान संशोधनमा अबैधानिक तरिका

१५ जून २०१९ मा ए.एन.एम.सी. (अष्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर) को विधान अधिवेशनमा भएको घटना प्रति स्वयं सरोकारवालाहरुले आपत्ती जनाइरहेका खबरहरु आइरहेका छन् । 

ए.एन.एम.सी.को बिधान अधिवेशनमा मुख्यतया दुई वटा बिचार थिए । पहिलो, हालको ब्यावस्था अनुसार दुई वटा संस्थाहरु एन.आर.एन.ए. र एन.ए.भी. (नेपाली एसोसएिसन अफ भिक्टोरिया) का सदस्यहरु यस संस्थाको कार्यकारिणीमा स्वतः सदस्य हुन पाउने ब्यावस्थालाई कायम राख्नु पर्ने । र दोश्रो, यो ब्यावस्था हटाएर उक्त संस्थालाई राजनीतिको छायाँबाट मूक्त गर्नु पर्ने र ब्यक्तिको पहुँचलाई ग्यारेन्टी गर्नु पर्ने।

 बिवादको टुङ्गो प्रजातान्त्रिक तरिकाले लगाउन उपस्थित सदस्यहरुलाई हात उठाएर निक्र्योल गर्ने घोषणा गरियो । पहिलो पटक बहुमत सदस्यहरुले हात उठाएर एन.आर. एन.ए. र एन.ए.भी.का सदस्यहरुलाई आजीवन कार्यकारी समितिमा बस्न पाउने ब्यावस्थालाई खारेजी गर्नु पर्ने कुरालाई अनुमोदन गरिएको थियो । तर उक्त संख्यालाई काउण्ट नै गरिएन र दोश्रो पटक हात उठाउन लगाइयो । यस पटक पनि बहुमत सदस्यले स्वायत्तताको अनुमोदन गर्दै हात उठाए । त्यसपछि निर्णयको घोषणा गर्नुको साटो एन.आर.एन.ए. र एन.ए.भी.को संलग्नताको पृष्टपोषण चाहने केही सदस्यहरुले अनावश्यक छलफल बढाएर पहिला हात उठाएका सदस्यहरुलाई पनि प्रभावमा पारी तेश्रो पटक हात उठाउन लगाएर पहिले भएको निर्णयलाई उल्ट्याउने काम भयो ।

यस संस्थालाई राजनैतिक छायाँबाट मूक्त पार्ने र व्यक्तिको पहुँचलाई प्रत्याभूति गर्ने महान लक्षलाई उक्त अधिवेशनले साकार बनाउने भन्ने बहुमत सदस्यको भावनालाई ठेस पुगेको भनेर आरोप लगाइएको छ ।

लोकतान्त्रिक बिधिको समेत खिल्ली उडाएर राजनीतिको अखडा बनाउने, ब्यक्तिको पहुँचलाई समाप्त पार्ने र प्यानलको दब्दबालाई जिवन्तता दिने कामलाई जबरजस्ती अनुमोदन गरिएको उक्त साधारण सभाको निर्णयबारे प्रश्न उठाइएको छ । 

हरेक सदस्यहरुबाट पन्द्रसय डलरका दरले संकलन गरी हाल उक्त संस्थामा लगभग बाह् लाख डलर बचत रहेको छ । जवरजस्ती अप्रजातान्त्रिक तरिकाले त्यो निर्णय गराइनु अर्थपूर्ण रुपमा हेरिएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal