नेपाल सरकारले स्पेन, बंगलादेश, अष्ट्रेलिया र कतारका लागि राजदूत सिफारिस गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले विदेशस्थित खाली भएका दूतावासमा राजदूत सिफारिस गरेको हो ।
स्पेनका लागि दावाफुटी शेर्पा, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारद भारद्वाज र अष्ट्रेलियाका लागि महेश दाहाललाई सिफारिस गरेको स्रोतले बताएको छ ।
अष्ट्रेलियाका लागि सिफारिसमा परेका दाहाल नेपाल टेलिभिजनका अध्यक्षसमेत रहिसकेका हुन्।लक्की शेर्पाले राजीनामा दिएपछि अष्ट्रेलियामा राजदूत पद रिक्त रहेको थियो । प्रस्तावित राजदूत दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छ ।

