eNepal

जगद्गुरु महयोगी सिद्दबाबा अस्ट्रेलिया आउने

नेपालका जगद्गुरु महयोगी सिद्दबाबा कृष्णदासजी महाराज अस्ट्रेलिया आउने भएका छन । पटक पटक जमिनमुनि ९ दिनसम्म बिना अक्सिजन भु-समाधि लिएर विश्वलाइ नै आश्चार्यचकित बनाएका जगद्गुरु कृष्णदास नेप्लीज हन्दु समाज अस्ट्रेलियाको विशेष अग्रहमा यहाँ आउन लागेका हुन । नेप्लीज हिन्दु समाजले अस्ट्रेलियाको सिड्नीमा एकसाथ गर्न लागेको पाँचवटा कार्यक्रमको प्रमुख आकर्षण जगद्गुरु हुने आयोजक संस्थाका कोषाध्यक्ष पन्डित प्रकाश ढोडारीले जनाएका छन ।

नेप्लीज हन्दु समाज अस्ट्रेलियाले आगामी जुलाइ ८ देखि १४ सम्म सिद्दमहायोग ध्यान साधना,  श्रीमदभागवत ज्ञानमहायज्ञ, पितृमोक्ष यज्ञ, बटुकहरुको सामुहिक ब्रतबन्ध र कन्याहरुलाइ सामुहिक गुन्यु चोली प्रदान गर्ने कार्यक्रम गर्न लागेको पन्डित ढोडारीले जनाए । सिद्दमहायोग ध्यान साधना जगद्गुरु स्वयं र वाहासंग आउने सिद्दमहायोग आध्यात्मिक प्रतिष्ठानको समुहले संचालन गर्नेछ भने श्रीमदभागवत ज्ञानमहायज्ञ बाचनको लागि नेपालका चर्चित युवा वाचक पन्डित कुबेर सुबेदी आँउदैछन जस्ले यसभन्दा अगाडि पनि अस्ट्रेलियामा पुराण बाचन गरिसकेका छन । 

पन्डित ढोडारीका अनुसार जुलाइ १३ मा कन्याहरुलाइ सामुहिक गुन्युचोली प्रदान गरिने कार्यक्रम राखिएको छ । सोही दिन पितृमोक्ष यज्ञको पनि आयोजना हुनेछ । उनका अनुसार कन्याहरुलाइ सामुहिक गुन्युचोली प्रदान गरिने कार्यक्रम एबम् पितृमोक्ष यज्ञ अस्ट्रेलियामै पहिलो पटक हुन लागेको हो । 

जुलाइ १४ मा  श्रीमदभागवत ज्ञानमहायज्ञको साँगे हुनका साथै बटुकहरुको सामुहिक ब्रतबन्धको कार्यक्रम पनि आयेजना हुनेछ । कार्यक्रमको समापन जगद्गुरुबाट हुने जनाइएको छ । आयोजकले अस्ट्रेलियाभर रहेका हिन्दु अनुयायीहरुलाइ बिरलै हुने सो कार्यक्रममा उपश्थित हुन आग्रह गरीएको जनाएका छन् । कन्याहरुलाइ सामुहिक गुन्युचोली प्रदान र बटुकहरुको सामुहिक ब्रतबन्ध कार्यक्रममा सिट सिमित भएकोले समयमै आफ्नो नाम दर्ता गर्नुपर्ने आयोजक संस्थाकी अध्यक्ष प्रन्चना शर्माले जनाइन् । 

त्यसैगरी नेप्लीज हिन्दु समाजकै समन्वय र अस्ट्रेलियाको एडिलेडमा रहेका नेपालीहरुको आयोजनामा एडिलेडमा पनि जुलाइ २ देखि जुलाइ ७ सम्म सिद्दमहायोग ध्यान साधना कार्यक्रम हुने र त्यसका लागि जगद्गुरु जुलाइ १ मा एडिलेड पुग्ने सो कार्यक्रमको नेपालमा संयोजन गरीरहेका सिद्दमहायोग आध्यात्मिक प्रतिष्ठानका महासचिब अधिबक्ता सरोज गिरीले जानकारी दिए । गिरीका अनुसार एडिलेडमा हुने कार्यक्रमको स्थानीय संयोजन हरी प्रसाद ढुङ्गेलले गर्नेछन । 

एडिलेड र सिड्नीमा हुने सम्पुर्ण कार्यक्रमको ॐकार टेलिभिजन नेपालले प्रत्यक्ष प्रसारण समेत गर्ने जनाइएको छ । नेपालभन्दा बाहिर हिन्दु संस्कार र संस्कृतिको संरक्षणका लागि गरीने कुनैपनि कार्यक्रम भन्दा यो बिशेष र ऐतिहासिक महत्वको लागेकोले स्वयं आफै उपश्थित भएर प्रत्यक्ष प्रसारण गर्न लागेको ॐकार टेलिभिजन नेपालका अध्यक्ष तथा धार्मिक अभियन्ता मुकुन्द शर्मा ॐकार ध्वनीले बताए । 

यसअघि नेपाल, भारत, थाइल्यान्ड, क्यानडा, बेलायत, अमेरिका, दुबइ, चिन आदि देशहरुमा सिद्दमहायोग ध्यान साधना सम्पन्न भइसकेको र हाल ति देशहरुमा महायोग साधना केन्द्र समेत संचालनमा रहेको र यो वर्ष अष्ट्रलियामा महायोग साधना केन्द्र खोल्न लागेकोले सो केन्द्रको उद्घाटन समेत जगद्गुरु महयोगी सिद्दबाबा कृष्णदासजी महाराजबाट हुने कार्यक्रमका नेपाल संयोजक अधिबक्ता गिरीले जानकारी दिएका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal