इंग्लिस क्लब लिभरपुलले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार विहान स्पेनको म्याड्रिडमा भएको च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलले अर्को इंग्लिस क्लब टोटनह्यामलाई २-० गोलले पराजित गरेर सन् २००५ पछि उपाधि जितेको हो। लिभरपुलले युरोपियन कप/च्याम्पियन्स लिगको उपाधि जितेको यो छैटौं पटक हो।

