eNepal

स्याम नेपाली एप्लिकेसनको बिधीवत शुभारम्भ, धेरै उपयोगी हुनेमा बिस्वस्त

तपाई अस्ट्रेलीयामा हुनु हुन्छ या अस्ट्रेलीया आउँदै हुनुहुन्छ भने स्याम नेपाली नौलो नाम पक्कै होईन। बिशेषतः अस्ट्रेलीया आउन लागेका वा भर्खर भित्रीएका बिधार्थी भाईबहिनीहरुको लागि स्याम नेपालीको फेसबुक पेज धेरै उपयोगी बन्नेमा कुनै दुईमतनै छैन। खास गरेर अस्ट्रेलीयाको मेल्बोर्नमा आएका बिधार्थीहरुको लागि काम, कोठा या अन्य केही जानकारी लिन वा दिन परे सबैले हात फैलाउने पहिलो ठाउँनै स्याम नेपाली बनिसकेको छ।

यसैलाई अझ केही परिमार्जित गर्दै सबै बर्गलाई सहझ होस् भन्ने हेतुले स्याम नेपाली पेजका मुख्य पात्र सुमन देउझाले स्याम नेपाली नामक एप्लिकेसन ल्याएका छन् जसलाई ३० मेका दिन मेल्बोर्नको वल्ड दरबार नामक नेपाली रेस्टुरेन्टमा एक कार्यक्रमका बिच बिधीवत शुभारम्भ गरिएको थियो। 

कामको जानकारी, कोठा चाहिएमा वा कोही राख्न परेमा, सामान किन्न वा बेच्न परेमा झट्ट पहिला स्याम नेपालीलाई सम्झने गरिन्छ जसले मेल्बोर्नमा रहेको नेपाली समुदायलाई धेरै लाभान्वित पुर्याएको छ र अझ यो एप्लिकेसनबाट धेरै सजिलो हुने जानकारी सुमन देउझाले बताउनु भयो। दैनिकजसो सैयौ कल र म्यासेज आउँदा न रात न बिरात अहोरात्र खट्टिने आफ्नो पेजबाट जानकारी दिई राख्ने स्याम नेपालीले अब सबैले आफुले चाहेको बिवरण आफै राख्न सक्ने गरि यो एप्लिकेसन ल्याएका हुन्। आफ्नो सानो सहयोगले कसैलाई गार्हो पर्दा केही राहत हुन्छ भने किन नगर्ने सहयोग भन्ने मनकारी स्याम नेपालीले अब सो एपबाट अझ धेरै लाभान्वित हुनेमा आफु बिस्वस्त रहेको बताउनु भयो। 

स्याम नेपाली एप्लिकेशनमा काम, कोठा र अन्य समस्या समाधानका लागि विज्ञापन आफैँ पोस्ट गर्न मिल्ने छ भने आफुलाई चाहिएको विज्ञापन सहजै भेटिने गरि क्लिक गर्न मिल्ने, काम कोठा अन्य सामान, समस्याको लागि छुट्टा छुट्टै फिचर्स राखिएको छ । समयको वचत सँगै सरल रुपमा सबैले आफ्नो समस्याको समाधान पाउन् र केहि सपना बोकेर अष्ट्रेलिया आएका सबैले आफ्नो सपना सहज रुपमा पूरा गरुन् भन्ने उद्येश्य स्याम नेपाली एप्लिकेशनको रहेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal