eNepal

युवतीको कमाउधन्दा : अस्ट्रेलियाको पिआर होल्डर बनेर ३ युवकसँग बिहे, यसरी भयो ठगी

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीका अमित श्रेष्ठ विदेश जाने चक्करमा थिए।

सोही क्रममा उनको भेट रेजिना अधिकारीसँग हुन्छ।

२३ वर्षीया अधिकारीको घर सुनसरीको बुर्ज गाउँपालिका–६ हो। तर, उनी पछिल्लो समय काठमाडौं नयाँ बानेश्वर बस्दै आएकी थिइन्। विदेश जाने चक्करमा रहेका श्रेष्ठ बाँसबारीमा रहेको एसियन इन्टरनेशनल कन्सल्टेन्सीमा पुग्छन्।

उक्त कन्सल्टेन्सीका डाइरेक्टर हुन् गणेश भन्ने अरविन स्याङ्बो। स्याङ्बो भने सिन्धुलीको कमलामाई नगरपालिका–२ का स्थायी बासिन्दा हुन्। उन विगत केही वर्षदेखि उक्त कन्सल्टेन्सीमा कार्यरत छन्।

उक्त कन्सल्टेन्सीमा पुगेका श्रेष्ठ स्याङ्बोमार्फत् अधिकारीको सम्पर्कमा पुग्छन्। विदेश जाने चक्करमा रहेका श्रेष्ठलाई युवतीले आफ्नो जालमा पार्न अस्ट्रेलियाको पिआर होल्डर भएको बताउँछिन्। पिआर होल्डर बताएपछि युवक पनि युवतीको नजिक बन्न पुग्छन्।

युवती अधिकारीले ती युवकलाई आफूसँग विवाह गरेर अष्ट्रेलिया लैजाने बचन दिन्छिन्। विभिन्न प्रक्रिया पूरा गर्दा पनि अस्ट्रेलिया जान असम्भव जस्तै देखिरहेका श्रेष्ठलाई ढुंगो खोज्दा देवता मिलेजस्तो हुन्छ।

उनीहरू विवाह गर्छन्। प्रमाणका लागि पनि विवाहको फोटो, भिडियो आवश्यक हुन्छ। यो सबै प्रक्रिया उनीहरूले पूरा गर्छन्।

त्यसपछि उनीहरूले विवाह दर्ता समेत गर्छन्। यति भएपछि अष्ट्रेलिया जानेमा ढुक्क हुन्छन् श्रेष्ठ।

जसका लागि उनले रेजिनालाई ४ लाख ५० हजार समेत दिन्छन्। 

तर, त्यसपछि रेजिना सम्पर्कबिहीन हुन्छिन्। उनको मोबाइल पनि अफ हुन्छ। त्यसपछि भने उनी आफू ठगिएको महसुस गर्छन्। महानगरीय प्रहरी अपराध महाशाखाका श्रेष्ठले उजुरी दिन्छन्।

उनकै उजुरीको आधारमा महाशाखाको टोलीले अधिकारीलाई सोमबार मध्यबानेश्वरबाट पक्राउ गर्छ।

यसैगरी रेजिनाले ३ वटा युवकसँग विवाह गरेर ठगी गरिसेको देखिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

‘अहिलेसम्म ३ जना युवकसँग विवाह गरेर ठगी गरेको देखियो,’ एसएसपी थापाले नेपाल लाइभसँग भने, ‘अन्य व्यक्तिलाई पनि यसैगरी ठगिएको हुनसक्छ हामी अनुसन्धान गर्दैछौं।’

यसैगरी युवती अधिकारीले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ दाहाल गाउँ बस्ने सागर धमलालाई पनि ठगी गरिसकेकी छन्। धमलासँग आफू अष्ट्रेलियाको पिआर होल्डर भएको बताउँदै अस्ट्रेलिया लैजाने आश्वासन दिएर उनले ठगी गरेको पाइएको छ।

धमलालाई विवाह गरेर अष्ट्रेलिया लैजाने भन्दै उनले १३ लाख ४७ हजार रुपैयाँ ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ। अन्य एक जना युवकसँग पनि यसैगरी विवाह गरेर ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। 

युवतीको यस्तो ठगीमा कन्सल्टेन्सी सञ्चालक स्याङ्बो सहयोग गर्दै आएको खुल्न आएपछि प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको छ।

स्याङ्बोले विभिन्न कागजात बनाइदिने र डकुमेन्टेशनको काम मिलाइदिने भन्दै आफ्नो कन्सल्टेन्सीमा आएका युवकहरुलाई ती युवतीसँग भेटाउने काम गरेको प्रहरीले जनाएको छ।

साभार: नेपाल लाईभ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal