eNepal

अष्ट्रेलियामा अब नेपाली चलचीत्र तिन शो मात्रै चल्ने

पछिल्लो समय अष्ट्रेलियालाई नेपाली चलचित्रका लागि दोस्रो ठुलो बजारका रुपमा हेर्न थालिएको छ । केहि समय नेपाली चलचित्रले अष्ट्रेलिया बाट गतिलै पैसा कमाउन सफल पनि बनेका थिए तर अबस्था फेरिएको छ ।केहि बर्ष अघि देखि अष्ट्रेलियामा राम्रा नेपाली चलचित्रले उत्कृष्ट ब्यापार गरे भने स्थानीय आयोजक र फिल्मका दलालीहरुले पनि राम्रो कमाई गरेका थिए । जस्का कारण राम्रा चलचित्रको अष्ट्रेलियाको कन्ट्री राईट ३० लाख सम्म पुग्न सफल थिए । तर,केहि फिल्मका निर्माता र स्थानीय आयोजकको प्रपोकाण्डमा १० मा किनेर २० भन्न थालिएको थियो भने हिजो आज अष्ट्रेलियामा ४५ र ५० लाख सम्ममा फिल्म बिक्यो भन्ने समचार आउन थालेका छन् ।तर,समचारकै भरमा रमाएर भजन किर्तन गर्न भन्दा समचारमा आए अनुसारका रकम निर्माताको हात सम्म पुगेको छ की छैन सुधार गर्नु पक्ष के छ भनेर सोचे नेपाली चलचित्रको स्तरमा भलाई हुने थियो । ४५,५० लाखको बिषयमा भने समचारमा आउने रकम र निर्माताले पाउने रकम बिल्कुले फरक हुने गरेको जानकारहरु बताउछन् ।

अष्ट्रेलियामा नेपाली चलचित्रको बजार बिस्तार हुदै गर्दा अष्ट्रेलियाका सिनेमा घर संचालकहरुले भने यसलाई कानुनको परिधिमा ल्याउने भएका छन् । लामो समय अघि देखि अष्ट्रेलियामा कुनै पनि ओभरसिज फिल्म ४ सो भन्दा बढी गर्न नपाउने र ट्याक्सका कुरा थिए । जुन कुरा बास्तविकतामा लागु भईरहेको थिएन र राम्रा फिल्महरुले दर्शक पाउदा सम्म १८ औ शो सम्म पनि फिल्म लागेको थियो । जस्ले गर्दा नेपाली चलचित्रका निर्मातालाई केहि राहत पुगेकै हो ।

ओभरसिजका सिनेमाको शो कै बिषयमा अष्ट्रेलियाको कुनै पनि सिनेमा घरमा ४ शो भन्दा बढी चलाउन नपाउने भन्दै सिनेमा घरले सार्बजनिक रुपमा नै सुचना जारी गरे पछि नेपाली चलचित्रको फस्टाउदै गरेको बजार सुस्ताउने निश्चत छ ।

अष्ट्रेलिया भनेपछि हुरुक्कै हुने,अष्ट्रेलियामा जति डिमान्ड गरे पनि आयोजकले दिने अष्ट्रेलियामा रुख बाटै डलर टिपेर ‍दिने गर्छन् भन्ने किसिमको मानसिकता भएका निर्माता र बितरकलाई भने यस नियमले ठुलै तनाब दिने देखिन्छ ।

सिनेमा घरले जारी गरेको सुचना !

अष्ट्रेलियामा हरेक साता नेपाली चलित्रको शो हुदै आईरहेका छन् । यहाँका सिनेमा घरको यो नियम अनुसार स्थानीय आयोजक र नेपालका निर्माता दुबैलाई नोक्सान हुने निश्चित छ । चार शोमा सिमित रहनु पर्ने अबस्था रहने हो भने नेपाली चलचित्रलाई अब १० लाख दिन पनि कठिन देखिन्छ ।

अष्ट्रेलियामा हिन्दी सिनेमा नियमित प्रदर्सन हुन्छ र १२ डलरमा टिकट पाईन्छ भने नेपाली सिनेमाको २५ डलर पर्छ किनकी सिनेमा घर भाडामा लिनेलाई नै सिनेमा घरले प्रति सिट १२ डलर र ट्याक्स तिराउछ । त्यस्मा पनि १०० या ५० सिट मात्र लिन्छु भन्न पाईदैन हलको पुरै सिटको पैसा तिर्नु पर्ने हुन्छ सामान्यतया एक शो गर्दा सिनेमा घरमा १८०० डलर खर्च आउछ (अन्य खर्च बाहेक) । जस्को कारण नेपाली सिनेमाको टिकट २५ डलर पर्छ । टिकट बाट ३००० को हाराहारीमा आम्दानी हुन्छ । सरसर्ती हेर्दा महंगो मुल्यमा फिल्म किनेर अष्ट्रेलियामा फिल्म शो गर्नु फलामको चिउरा चपाउनु सरह नै छ । यद्दपी निर्माताहरु र बितरकहरुले भने अष्ट्रेलियालाई नै बढी चेपेको देखिन्छ ।

अब चार शो भन्दा बढी चलाउन नपाईने हो भने अष्ट्रेलियामा नेपाली बजार कसरी अघी बढ्न सक्ला बहसको बिषय बनेको छ ।

अष्ट्रेलियामा दाल भात तरकारी,कागजपत्र,साईली लगायतका सिनेमा शो हुने तयारीमा छन् । अब यि सिनेमाहरु कति शो लाग्छन् कति पैसा कमाउछन् बहसको बिषय बन्न सक्छ ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal