eNepal

सन् २०२६ को विश्वकप ३ देशले संयुक्त रुपमा आयोजना गर्ने

२०२६ फिफा विश्वकप फुटबल प्रतियोगिता तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। रसियाको मस्कोमा बुधबार बसेको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को ६८औं कांग्रेसले उत्तर अमेरिका राष्ट्रहरु संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले आयोजनाका लागि गरेको दाबीमा भोटिङ गरेको हो।

फिफा कांग्रेसमा तीन देशको संयुक्त आयोजनाको पक्षमा १ सय ३४ भोट परेको थियो। २०२६ को विश्वकपमा लागि अफ्रिकन देश मोरक्कोले पनि दाबी गरेको थियो। उसको पक्षमा जम्मा ६५ भोट मात्र पर्यो। 

सन् २०२६ को विश्वकपमा ४८ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा ८० खेल हुनेछन् भने ३४ दिनसम्म चल्नेछ। 

यसअघि मेक्सिकोले सन् १९७० र १९८६ मा तथा अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो। क्यानडाले भने सन् २०१५ मा महिला विश्वकप आयोजना गरेको थियो। 

सन् २०२६ मा १६ शहरमा विश्वकप हुनेछ। जसमा १० शहर अमेरिकामा हुनेछ। बाँकी ६ शहर क्यानडा र मेक्सिकोका हुनेछन्। 

अमेरिकामा ६० खेल हुनेछ। क्यानडा र मेक्सिकोले १०–१० खेल खेलाउनेछन्। 

फाइनल खेल न्युयोर्कको मेटलाइफ रंगशालमा हुनेछ। जहाँ विश्वकप ८४ हजार ९ सय ५३ दर्शक अटाउनेछन्। 

त्यसअघि सन् २०२२ मा कतारमा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुँदै छ। कतारमा भने ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ। 

यता सन् २०३० को फिफा विश्वकप फुटबल संयुक्त रुपमा आयोजना गर्न दक्षिण अमेरिकाका तीन राष्ट्रको दाबी छ। 

अर्जेन्टिना, उरुग्वे र पाराग्वेका आयोजनाका लागि दाबी गरेका थिए। सो संस्करणको आयोजनाका लागि ब्रिटेनले पनि दाबी गर्नेछ।  

विश्वकप फुटबल दक्षिण अमेरिकाबाट सुरु भएको तथा आयोजनाको सय वर्ष पूरा भएको अवसरमा दक्षिण अमेरिकामै विश्वकप आयोजना गर्नुपर्ने तर्क ती राष्ट्रहरुले गरेका छन् । विश्वकप फुटबलको पहिलो संस्करण सन् २०३० मा उरुग्वेमा भएको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal